Premier Cables

विराटनगर

नेपाल प्रेस युनियन मोरङको अध्यक्षमा भोजराज बस्नेत

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र २३, २०८३  | साँझ ४:५२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाल प्रेस युनियन मोरङको नयाँ कार्यसमिति चयन भएको छ । विराटनगरमा आज सम्पन्न अधिवेशनले भोजराज बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा गोपाल पोखरेल र प्रशान्त निरौला, महिला उपाध्यक्षमा उषा सरदार, सचिवमा सन्तोषकुमार बास्तोला, सहसचिवमा अनुज सापकोटा र अञ्जना पराजुली तथा कोषाध्यक्षमा दिलीप अग्रवाल चयन भएका छन् ।

विज्ञापन

त्यस्तै सदस्यहरूमा सरस कट्टेल, शुभास भण्डारी, पारस मण्डल, दिपेन्द्र साह, विवेक मेहता, प्रेम पारख, अफताफ अली, दिपा धिमाल र समय घिमिरे चयन भएका छन् ।

अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै पूर्वमन्त्री डिकबहादुर लिम्बूले पछिल्लो समय प्रेस स्वतन्त्रता झन् कठिन मोडमा पुगेको बताएका छन् । उनले सञ्चारमाध्यमले स्वतन्त्र र निर्भीक रूपमा काम गर्ने वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल प्रेस युनियनका महासचिव दिलीप पौडेलले सरकार अझै पनि प्रेसप्रति अनुदार रहेको आरोप लगाए । उनले सञ्चारमाध्यम र पत्रकारका अधिकार तथा प्रेस स्वतन्त्रताको संरक्षणका लागि युनियन निरन्तर सक्रिय रहने बताए ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka