Premier Cables

अपराध

सरकारविरुद्ध आवाज उठाएपछि जेनजी घाइते पवन खड्का प्रहरी नियन्त्रणमा

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र २३, २०८३  | अपराह्न २:२७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । सरकारको विरोध गर्दै आवाज उठाएपछि मंगलबार जेनजी आन्दोलनका घाइते पवन खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनमा गृहमन्त्रीसहित विभिन्न मन्त्री सहभागी कार्यक्रममा खड्काले विरोध जनाएका थिए। जेनजी आन्दोलनका क्रममा घाइते भएका युवाका लागि सरकारले प्रभावकारी काम नगरेको भन्दै उनले कार्यक्रममा आवाज उठाएका थिए।

विज्ञापन

कार्यक्रमका क्रममा आफूलाई बोल्न दिनुपर्ने माग गर्दै खड्काले विरोध गरेपछि सुरक्षाकर्मीले उनलाई नियन्त्रणमा लिएका हुन्।

खड्का जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्ति हुन्। आन्दोलनका घाइते तथा प्रभावितको समस्या सम्बोधन गर्न सरकार गम्भीर नभएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका थिए।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka