Premier Cables

कोशी प्रदेश

जहदाको रामजानकी मन्दिरबाट हराएका मूर्ति पुनःस्थापित गरियो

Hamro Biratnagar News Channel Calendar सोमबार, भाद्र २२, २०८३  | अपराह्न १२:१४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङको जहदा गाउँपालिका–३ स्थित श्रीराम जानकी मन्दिरबाट केही दिनअघि चोरी भएका दुई वटा मूर्ति मन्दिरमा पुर्नस्थापित गरिएको छ । ती मूर्ति भारतको डोरियामा फेला परेका थिए । स्थानीय युवाहरुको खोजतालसका क्रममा मूर्ति फेला परेका हुन ।
सोमबार प्रतिनिधि सभा सदस्य आशा झा, जहदा गाउँपालिकाका जनप्रतिनिधि, वडाध्यक्ष तथा समाजका अगुवा र धार्मिक व्यक्तित्वहरुको उपस्थितिमा विधिपूर्वक मूर्ति पुनस्थापित गरिएको हो । मूर्ति खोजीका लागि विगत पाँच दिनदेखि जहदा–३ का हिन्दू तथा मुस्लिम समुदायका युवाहरू संयुक्त रूपमा अभियानमा जुटेका थिए।

स्थानीयका अनुसार दिनरात नभनी गरिएको खोजी अभियानपछि मूर्ति फेला पार्न सफलता मिलेको हो। अभियानमा मुकेश झा, प्रमोद मण्डललगायत जहदा–३ का युवाहरूको विशेष योगदान रहेको बताइएको छ।

विज्ञापन

स्थानीय युवाहरूले मूर्ति फेला पारिनु कुनै एक व्यक्ति वा समूहको मात्र सफलता नभई सम्पूर्ण जहदाबासीको प्रयासको प्रतिफल भएको बताएका छन् ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka