नोट: यो समाचार १ महिना अघिको हो
ग्रामथान (मोरङ) । मोरङको ग्रामथान गाउँपालिका-१, लखन्तरीस्थित श्री रामजानकी मन्दिरको प्राङ्गणमा असोज १ गतेदेखि श्रीमद्भागवत सप्ताह महापुराण-२०८३ आयोजना हुने भएको छ।
श्री रामजानकी मन्दिर व्यवस्थापन समितिको आयोजनामा हुने उक्त महापुराण असोज १ गतेदेखि असोज ७ गतेसम्म सञ्चालन हुनेछ।
आयोजक समितिका अनुसार असोज १ गते बिहान १०:०० बजे भव्य कलश यात्रा गरी महापुराणको औपचारिक शुभारम्भ गरिनेछ। कथा व्यासका रूपमा प्रख्यात कथा वाचिका भागवत मञ्जरी राधिका दासी जी रहनेछिन्।
उनको मुखारविन्दबाट कथा श्रवण, भजन-कीर्तन तथा आध्यात्मिक प्रवचन प्रस्तुत गरिनेछ।
रामजानकी मन्दिर व्यवस्थापन समितिले असोज १ देखि ७ गतेसम्म सञ्चालन हुने यस धार्मिक तथा आध्यात्मिक अनुष्ठानमा पाल्नुहुन सम्पूर्ण अतिथि, समाजसेवी, बुद्धिजीवी तथा भक्तजनहरूमा हार्दिक निमन्त्रणा एवं स्वागत व्यक्त गरेको छ।
