Premier Cables

विराटनगर

विपद् पीडितका लागि राठी ग्रुपद्वारा २७ लाख रुपैयाँ सहयोग

Hamro Biratnagar News Channel Calendar शुक्रबार, भाद्र १९, २०८३  | साँझ ६:१५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । देशमा आएको प्राकृतिक विपत्तिबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि राठी ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २७ लाख रुपैयाँ सहयोग गरेको छ।

विपत्तिका कारण धेरै परिवारले भोगिरहेको पीडा र कठिन परिस्थितिप्रति ऐक्यबद्धता जनाउँदै राठी ग्रुपले उक्त रकम सहयोग गरेको जनाएको हो।

विज्ञापन

राठी ग्रुपले आफ्नो तर्फबाट गरिएको सहयोगले विपद्मा परेका पीडितलाई केही राहत, आशा र सहारा पुग्ने विश्वास व्यक्त गरेको छ।

विपत्तिको समयमा एकता, मानवता र आपसी सहयोग नै सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै ग्रुपले प्रभावित परिवारको दुःखमा आफूहरू सहभागी रहेको जनाएको छ।

राठी ग्रुपले नेपाललाई विपत्तिबाट पुनः उठाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताउँदै पुनर्निर्माण तथा पुनःस्थापनाको यात्रामा समेत एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka