Premier Cables

राष्ट्रिय

रसुवागढी माथिका हिमाली तालक फुट्ने जाेखिम हट्याे

Hamro Biratnagar News Channel Calendar शुक्रबार, भाद्र १९, २०८३  | अपराह्न ३:३२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । लाङटाङको उत्तरी भेगमा हिमचट्टान खसेर पहिरो गएपछि बनेका दुईवटा ताल तत्काल जोखिमपूर्ण अवस्थामा नरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका प्रमुख विनोद पराजुलीका अनुसार चिनियाँ टोलीले नेपाली पक्षलाई पठाएको सूचनाअनुसार माथिल्लो तालमा पानीको मात्रा केही बढे पनि हालसम्म जोखिमको अवस्था देखिएको छैन ।

विज्ञापन

हिमचट्टान खसेपछि माथिल्लो क्षेत्रमा पहिलो खाल्डो बनेको थियो भने ल्हेन्दे खोलाको माथिल्लो भागमा अर्को खाल्डो बनेको थियो । चिनियाँ टोलीले खोलाछेउमा रहेको ताललाई ‘ब्यारियर लेक वान’ र माथिल्लो भागमा रहेको ताललाई ‘ब्यारियर लेक टु’ नाम दिएको छ ।

पराजुलीका अनुसार तल्लो भागमा रहेको तालबाट लगभग सबै पानी बगिसकेकाले त्यहाँ पानी जम्मा भएको छैन । माथिल्लो तालमा भने पानीको सतह केही बढेको भए पनि हालसम्म खतराको तहमा नपुगेको चिनियाँ टोलीले जानकारी दिएको छ ।

माथिल्लो ताल करिब ०.१९ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ । पानीको सतह करिब दुई मिटर बढेपछि त्यहाँ करिब ६ लाख घनमिटर पानी जम्मा भएको अनुमान गरिएको छ ।

चिनियाँ टोलीले आफ्नो भूभागबाट ल्हेन्दे खोलापारिको नेपाली भूभागको अवस्थाबारे अवलोकन गरिरहेको छ । सोही क्रममा तालमा पानीको अवस्था र जोखिमबारे नेपाली पक्षलाई नियमित जानकारी दिइरहेको पराजुलीले बताए ।

गत भदौ १० गते रसुवामा बाढी आएपछि लाङटाङ हिमालको उत्तरी भागमा नेपाल–चीन सीमाना नजिक दुईवटा ताल बनेका थिए । त्यसको चार दिनपछि तल्लो भागमा बनेको ताल भत्किएर पानी बग्दा भोटेकोशीमा अर्को बाढी आएको थियो ।

दोस्रो बाढीपछि तल्लो ताल रित्तिएको र हाल माथिल्लो तालको अवस्था पनि निगरानीमा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka