Premier Cables

मौसम

४० जिल्लामा आकस्मिक बाढीको सम्भावना, सतर्क रहन आग्रह

Hamro Biratnagar News Channel Calendar शुक्रबार, भाद्र १९, २०८३  | बिहान १०:१२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले शुक्रबार (भदौ १९) देशका विभिन्न ४० भन्दा बढी जिल्लाहरूमा आकस्मिक बाढीको जोखिम रहेको चेतावनी दिएको छ।

महाशाखाका अनुसार रसुवा र नुवाकोट भएर बहने भोटेकोसी, त्रिशूली तथा अन्य साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने भएकाले यी क्षेत्रमा आकस्मिक बाढीको उच्च जोखिम रहेको छ।

विज्ञापन

यस्तै ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, काठमाडौँ उपत्यका (काठमाडौँ, ललितपुर, भक्तपुर), सिन्धुपाल्चोक, धादिङ, मकवानपुर, चितवन, नवलपुर, परासी, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, पूर्वी रुकुम, पश्चिम रुकुम, जाजरकोट, सुर्खेत, दैलेख, अछाम, कालिकोट, जुम्ला, मुगु, हुम्ला, बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, डडेल्धुरा र कञ्चनपुर जिल्ला भई बहने साना नदीहरूमा पनि बहाव बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहने जनाइएको छ।

नदी तटीय क्षेत्र तथा बाढीको जोखिम भएका स्थानहरूमा विशेष सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka