Premier Cables

विराटनगर

विश्व हिन्दू परिषद् विराटनगरद्वारा नुवाकोटका २५० बाढीपीडित परिवारलाई राहत वितरण

Hamro Biratnagar News Channel Calendar बिहिबार, भाद्र १८, २०८३  | बिहान ११:५७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विश्व हिन्दू परिषद् नेपाल विराटनगर महानगर समितिले नुवाकोटका बाढीपहिरो प्रभावित २५० परिवारलाई राहत सामग्री वितरण गरेको छ।

विश्व हिन्दू परिषद् नेपाल विराटनगर महानगर युवा संयोजक सन्दीप साहका अनुसार मोरङको तर्फबाट नुवाकोटको बेलकोटगढी नगरपालिका–५, ६, ७ र ८ का बाढीपहिरो प्रभावित परिवारलाई राहत सामग्री वितरण गरिएको हो।

विज्ञापन

पीडित परिवारका लागि खाद्यान्न, सरसफाइ तथा दैनिक उपभोग्य सामग्रीसहितको राहत किट वितरण गरिएको साहले बताए। राहत सामग्रीमा साबुन, खाने तेल, नुहाउने साबुन, सेनिटरी प्याड, ब्रस, टुथपेस्ट, चाउचाउ, चिउरा, चामल, नुन, दाल, बिस्कुट, भुजिया, त्रिपाल, एक सेट कपडा र चप्पललगायत सामग्री रहेका छन्।

स्थानीय वडाध्यक्षसँगको समन्वयमा प्रभावित परिवारको नामावली तयार गरी राहत वितरण गरिएको हो। विराटनगरबाट २५० परिवारका लागि राहत सामग्री लगिएको साहले जानकारी दिए।

राहत वितरण अभियानअन्तर्गत आज नुवाकोटको त्रिशूलीस्थित देवीघाटमा समेत प्रभावित परिवारलाई राहत सामग्री वितरण गरिने जनाइएको छ। त्यसपछि वेत्रावती हुँदै रसुवा बोर्डरसम्म पुगेर प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिने र आवश्यक सहयोग गर्ने तयारी रहेको साहले बताए।

यसैगरी राहत टोलीले स्थानीय छात्रावासमा खाना खुवाउने कार्यसमेत गरेको छ।

राहत अभियानमा विश्व हिन्दू परिषद्सँगै संघ परिवार, जनकल्याण आश्रम, जनजाति कल्याण आश्रम, हिन्दू स्वयंसेवक संघ र विद्यार्थी परिषद्लगायत संस्थाहरूको सहभागिता रहेको छ। विभिन्न संस्थाबाट संकलित राहत सामग्रीलाई संयुक्त रूपमा प्रभावित क्षेत्रमा वितरण गरिएको साहले बताए।

बाढीपहिरोबाट प्रभावित परिवारलाई तत्काल आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा, सरसफाइका सामग्री तथा त्रिपाललगायत सामग्री उपलब्ध गराइएको आयोजकले जनाएको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka