काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि भारत सरकारले पाँचौँ चरणको उद्धार तथा राहत सामग्री नेपाल पठाएको छ।
भारतीय विदेशमन्त्री डा. एस जयशंकरले बुधबार बिहान सामाजिक संजालमार्फत पाँचौँ खेपको सहयोग बोकेको भारतीय विमान नेपालका लागि प्रस्थान गरेको जानकारी गराउनुभएको हो।
विज्ञापन
यस पटक भारतले उद्धार तथा खोजी कार्यका लागि विशेष उपकरणसहित ११ जनाको प्राविधिक उद्धार टोली र ५.५ टन अत्यावश्यक औषधि पठाएको छ।
यसअघि गत भदौ १४ गते भारतले चौथो चरणअन्तर्गत ११ टन राहत सामग्री र प्राविधिक टोली विमानमार्फत नेपाल पठाएको थियो।
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा हाल उद्धार तथा राहत वितरण कार्य तीव्र गतिमा भइरहेको छ। संकटको यस घडीमा भारत लगायत अन्य मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय निकायहरूले नेपाललाई निरन्तर सहयोग उपलब्ध गराइरहेका छन्।