Premier Cables
Premier Steel

राष्ट्रिय

काठमाडौँ-मुग्लिन-नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा

Hamro Biratnagar News Channel Calendar आइतबार, भाद्र १४, २०८३  | बिहान ७:५२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । अवरुद्ध बनेको काठमाडौँ-मुग्लिन-नारायणगढ सडकखण्डको पहिरो पन्छाएपछि यातायात सेवा पूर्ण रूपमा सञ्चालनमा आएको छ। सडक विभाग र सुरक्षा निकायको टोलीले निरन्तर प्रयास गरी सडकमा जम्मा भएको लेदो र पहिरो हटाएपछि दुवैतर्फको बाटो खुलेको हो।

सडक अवरुद्ध हुँदा रोकिएका लामो तथा छोटो दूरीका सवारी साधनहरू अहिले आफ्नो गन्तव्यतर्फ लाग्न थालेका छन्।

बिज्ञापन

लगातारको वर्षा र पहिरोका कारण सो राजमार्ग भएर यात्रा गर्ने हजारौँ यात्रुहरू घण्टौँसम्म बीच बाटोमै अलपत्र परेका थिए।

यातायात पुनः सञ्चालनमा आए पनि लामो समयदेखि रोकिएका गाडीहरूको चाप उच्च रहेकाले ट्राफिक प्रहरीले चालकहरूलाई हतार नगरी धैर्यताका साथ सवारी चलाउन अनुरोध गरेको छ। विशेष गरी ओभरटेक नगर्न र लेन अनुशासन पूर्ण रूपमा पालना गर्न आग्रह गरिएको छ।

मौसम अझै पूर्ण रूपमा सुधार भैनसकेकाले सो क्षेत्रमा पुनः पहिरो खस्ने जोखिम कायमै छ। तसर्थ, यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन र सडकको ताजा अवस्था बुझेर मात्र यात्रा तय गर्न सर्वसाधारणलाई सूचित गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

बाढी–पहिरो प्रभावितका लागि ३६ घण्टामै १ अर्ब ९१ करोडभन्दा बढी सहयोग

Clock Iconशुक्रबार, भाद्र १२, २०८३

बाढी–पहिरो प्रभावितका लागि एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा १ करोड सहयोग

Clock Iconशुक्रबार, भाद्र १२, २०८३

रसुवा बाढीपीडितका लागि शारदा र जाजु ग्रुपले ६० लाख बराबरको राहत

Clock Iconबिहिबार, भाद्र ११, २०८३

लेन्दे खोलाको बाढीले रसुवा नाकामा ठूलो क्षति, दुईवटा बजार तहसनहस

Clock Iconबुधबार, भाद्र १०, २०८३

भारतीय क्लेयरिङ एजेन्टको आन्दोलन फिर्ता: ५०० भन्दा बढी मालवाहक लरी नेपाल भित्रिने

Clock Iconमंगलबार, भाद्र ०९, २०८३

पांच सयभन्दा बढी मालबाहक ट्रक र कन्टेनर सीमापारिमै रोकिए, भन्सार जाँचपास पूर्ण अवरुद्ध

Clock Iconमंगलबार, भाद्र ०९, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka