Premier Cables
Premier Steel

शिक्षा

एभरेष्टमा साइन्स सेमिनार

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, भाद्र ११, २०८३  | साँझ ६:०१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर | विराटनगर–५ स्थित एभरेष्ट कलेजले विद्यार्थीमा वैज्ञानिक सोच र प्रयोग, सिर्जनशीलता र खोज अनुसन्धानको भावनाको वृत्तिविकास गर्ने उद्देश्यले बिहीबार ‘साइन्स सेमिनार’को आयोजना गरेको छ ।
विद्यार्थीको सर्वाङ्गीण र रचनात्मक विकासलाई शिक्षण सिकाइको महत्वपूर्ण पक्षका रूपमा अघि बढाउँदै आएको कलेजले विज्ञान विषयलाई कक्षाकोठाको पाठ्यक्रममा मात्र सीमित नगरी व्यवहारिक ज्ञान र प्रयोगसँग जोड्ने प्रयास अनुरूप सेमिनारको आयोजना गरेको हो । सेमिनारमार्फत विद्यार्थीका प्रस्तुतीबाट विद्यार्थीलाई नै विज्ञान तथा प्रविधिका नयाँ र रोचक विषयबारे जानकारी गराउनुका साथै आफ्ना जिज्ञासा, सोच र सिर्जनात्मक क्षमतालाई प्रस्तुत गर्ने अवसर प्रदान गरिएको थियो ।
आजको युगलाई विज्ञान र प्रविधिको युगका रूपमा लिइन्छ । दैनिक जीवनदेखि शिक्षा, स्वास्थ्य, कृषि, उद्योग र सञ्चारसम्म विज्ञानको प्रभाव बढ्दै गएको अवस्थामा विद्यालय तहदेखि नै विद्यार्थीलाई वैज्ञानिक दृष्टिकोण र प्रयोगात्मक सिकाइसँग जोड्न आवश्यक रहेको महशुश गरी एभरेष्ट कलेजले नियमित शैक्षिक गतिविधिमा विज्ञान गोष्ठी अर्थात साइन्स सेमिनारलाई समेटेको हो ।
सेमिनारको शुभारम्भ गर्दै कलेजका प्राचार्य टिकाराम पुरीले कलेजका मुख्य सरोकारवाला विद्यार्थी नै रहेको बताए । उनले विद्यार्थीले अन्तरहृदयदेखि लक्ष्य प्राप्तिका लागि आफैं मेहेनत गर्नु पर्नेभन्दै कलेज, प्राचार्य एवं शिक्षक, अभिभावकले केवल सहजीकरणको भूमिकामात्र निर्वाह गर्ने बताए ।
, उनले सेमिनार शिक्षकको नभइ विद्यार्थी आफैंको कार्यक्रम भएको टिप्पणी गरे । यस्ता कार्यक्रमले विद्यार्थीको सीप, ज्ञान र रचनात्मक विकासको क्रमलाई वृद्धि गर्ने बताए । सेमिनारमा विद्यार्थीले ७ समूहमा विभिन्न शीर्षकमा विज्ञानका रोचक उपलब्धी, अन्वेषण एवं खोजसँग सम्बन्धित प्रस्तुती दिए ।
, आर्जन बराल र जेसिज गेलालले ‘स्पेश टाइम’, आदित्य पघैया र प्रज्जवल श्रेष्ठले ‘ह्युमन ब्रेन’, स्नेहा कोइराला, मानश्वी कोइराला, ईच्छा बज्राचार्य र समिप खनालले ‘न्यूक्लीयर इनर्जी’, कृति गोयल, सौमिका ढकाल र प्रिन्सी वर्माले ‘माइक्रो प्लाष्टिक’, रायन पोखरेल, प्रेम खतिवडा, निश्चल न्यौपाने र रियोज मास्केले ‘ बियोन्ड द स्क्रिन’ शीर्षकमा आकर्षक प्रस्तुती दिए ।
, यस्तै अदिमहाङ्ग राई र मन्नत वर्माले ‘ द एलकेमी अफ फ्रिक्वेन्सी’ र विवस बराले ‘एग’ मार्फत विभिन्न तथ्यमा आधारित विज्ञानका सिद्धान्तलाई अझ प्रष्ट पारेका थिए । यस प्रकारका कार्यक्रमले कक्षाकोठामा पढाइने सैद्धान्तिक ज्ञानलाई प्रयोग, अवलोकन, प्रश्न र अनुसन्धानसँग जोड्दा विद्यार्थीको सिकाइ थप प्रभावकारी हुने कलेजको विश्वास छ ।
साइन्स सेमिनारजस्ता कार्यक्रमले विद्यार्थीलाई पाठ्यपुस्तकभन्दा बाहिर गएर नयाँ कुरा खोज्न, तर्क गर्न र आफ्ना विचार प्रस्तुत गर्न प्रेरित गरेको अपेक्षा गरिएको छ ।

विज्ञापन

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

कोशीको आर्थिक रूपान्तरणका लागि निजी क्षेत्रसँग सहकार्य गर्नुपर्नेमा जोड, विराटनगरका उद्योगीले सुनाए समस्या

Clock Iconआइतबार, मंसिर १३, २०८३

कोशीमा निजी क्षेत्रसँग आर्थिक संवाद गर्न रास्वपा महामन्त्रीसहितका नेता विराटनगरमा

Clock Iconआइतबार, मंसिर १३, २०८३

अयोध्या-जनकपुर रेलसेवाले पर्यटनको नयाँ ढोका खोल्यो, पर्यटक टिकाइराख्नु मुख्य चुनौती

Clock Iconआइतबार, मंसिर १३, २०८३

फरक स्वाद, फरक उर्जा : पाँच नयाँ फ्लेभर सहित एक्स्ट्रिम बजारमा

Clock Iconबिहिबार, मंसिर १०, २०८३

बालेन सरकारको नयाँ कदम: कर प्रणाली सुधार्न ६३ ऐन संशोधन, करदातालाई राहतदेखि लगानीकर्तालाई सुविधा

Clock Iconबिहिबार, मंसिर १०, २०८३

विदेशी लगानी भित्र्याउने तयारीमा विराटनगर जुट मिल्स, ३५ वर्ष सञ्चालनको जिम्मा दिन प्रस्ताव आह्वान

Clock Iconबुधबार, मंसिर ०९, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka