Premier Cables
Premier Steel

विराटनगर

रसुवा बाढी पीडितलाई उद्योगी राउतद्वारा ११ लाख सहयोग

Hamro Biratnagar News Channel Calendar बिहिबार, भाद्र ११, २०८३  | बिहान ९:४० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले रसुवामा बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतका लागि ११ लाख रुपैयाँ सहयोग गरेका छन् ।

राउतले व्यक्तिगत रूपमा उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गराएका हुन् । भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भएपछि प्रभावित नागरिकलाई राहत पुर्‍याउने उद्देश्यले सहयोग गरेको उनले बताए ।

बिज्ञापन

प्राकृतिक विपद्को यस दुःखद् अवस्थामा प्रभावित नागरिकको उद्धार, घाइतेको उपचार तथा राहत वितरणमा सहयोग पुगोस् भन्ने उद्देश्यले व्यक्तिगत रूपमा रकम प्रदान गरेको राउतको भनाइ छ ।

राउतको सहयोगबारे जानकारी दिँदै नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि सहयोग गर्न कोशी प्रदेशका उद्योगी, व्यवसायी तथा विभिन्न संघसंस्थालाई आग्रह गरेको छ ।

महासंघले जारी गरेको विज्ञप्तिमा बाढी तथा पहिरोमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको छ । साथै, विपद्मा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता नागरिकको खोजी कार्यलाई तीव्रता दिन सरकारसँग आग्रह गरिएको छ ।

महासंघले प्रभावित क्षेत्रमा घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न, घरबारविहीन परिवारलाई तत्काल सुरक्षित आवास उपलब्ध गराउन तथा खाद्यान्नलगायत अत्यावश्यक राहत सामग्रीको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

रसुवामा बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित नागरिकको उद्धार, उपचार र राहतका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट सहयोग जुटाउने क्रम जारी छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka