Premier Cables
Premier Steel

राष्ट्रिय

उद्धार तथा राहत कार्यमा सबै सक्रिय हुन प्रधानमन्त्रीको अपिल

Hamro Biratnagar News Channel Calendar बुधबार, भाद्र १०, २०८३  | अपराह्न १:१६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न विपद्को समयमा सरकारलाई सहयोग गर्ने विपक्षी दलका नेताले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री वालेन्द्र शाहले केहीबेरअघि बोलाउनुभएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा बोल्दै प्रतिनिधिसभामा विपक्षी दलका नेता भीष्मराज आङ्दाम्बेले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

बिज्ञापन

उहाँले सरकारले तत्कालै सक्रियता देखाएकोमा धन्यवाद दिँदै पक्ष–विपक्षभन्दा माथि उठेर संकटको घडीमा सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न बैठकमा भोटेकोशी बाढीबाट अहिलेसम्म भएको क्षतिको विवरणबारे जानकारी गराइएको थियो । बैठकमा प्रधानमन्त्री शाहले उद्धार तथा राहत कार्यमा सक्रिय भएर जुट्न सरोकारवाला सबै निकायलाई निर्देशन दिनुभयो ।

*** समाप्त ***
eastern ad
aarya
ACS
Homepage after Biratnagar news

बुधबार, भाद्र १०, २०८३   |   समाचार
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka