Premier Cables
Premier Steel

राष्ट्रिय

राउण्ड टेबल नेपालको अध्यक्षमा साकेत मुरारका निर्वाचित

Hamro Biratnagar News Channel Calendar सोमबार, भाद्र ०८, २०८३  | बिहान १०:०४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

वीरगञ्ज । राउण्ड टेबल नेपालको २६औं राष्ट्रिय वार्षिक साधारण सभा वीरगञ्जमा भव्यताका साथ सम्पन्न भएको छ। यस साधारण सभाले साकेत मुरारकालाई संस्थाको नयाँ राष्ट्रिय अध्यक्षमा निर्वाचित गरेको छ।

नयाँ कार्यकालका लागि निर्वाचित हुने अन्य पदाधिकारीहरूमा उपाध्यक्षमा रोहित अग्रवाल, सचिवमा भास्कर सोनी, कोषाध्यक्षमा धीरज अग्रवाल, सम्पादकका रूपमा राहुल अग्रवाल र अन्तर्राष्ट्रिय सम्बन्ध अधिकारीमा कृष्ण अटल रहेका छन् भने सुमित मित्तल निर्वतमान अध्यक्ष (आइपीपी) का रूपमा चयन भएका छन्।

बिज्ञापन

अध्यक्षमा निर्वाचित भएपछि मन्तव्य राख्दै मुरारकाले राउण्ड टेबल १८ देखि ४० वर्ष उमेर समूहका युवाहरूको संस्था भएको र यसको मूल मन्त्र ‘एडोप्६, एडप्, इम्प्रुभ’ रहेको बताएका छन्। समाजका चुनौतीहरूलाई पहिचान गरी तिनलाई स्थानीय सन्दर्भअनुसार आत्मसात् गर्दै निरन्तर सुधारतर्फ अघि बढ्ने उनको भनाइ छ। विगतका वर्षहरूमा शिक्षा, स्वास्थ्य, वातावरण, सामाजिक सेवा तथा युवा नेतृत्व विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको यस संस्थाले नयाँ राष्ट्रिय बोर्डको नेतृत्वमा आफ्ना सामाजिक प्रभावका कार्यक्रमहरूलाई अझ व्यापक र प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।

साधारण सभाले आगामी कार्यकालका लागि विभिन्न प्रमुख कार्ययोजनाहरूसमेत सार्वजनिक गरेको छ। यसअन्तर्गत विद्यालयहरूको स्तरवृद्धि गर्दै ‘राउण्ड टेबल नेपाल मोडल स्कुल’ स्थापना गर्ने तथा विपन्न बालबालिकाका लागि छात्रवृत्ति सहयोग प्रदान गर्ने योजना रहेको छ। त्यसैगरी, स्वाप नामक नयाँ परियोजनाअन्तर्गत विभिन्न प्रकारका पुनःप्रयोग तथा रिसाइकल गर्न मिल्ने सामग्री संकलन गरी त्यसबाट प्राप्त रकम विपन्न बालबालिकाको शिक्षामा सहयोग पुर्‍याउने योजना बनाइएको छ।

“एजुकेट अ चाइल्ड क्रिएट ब क्लिनर अर्थ ” भन्ने उद्देश्य बोकेको यस अभियानले शिक्षा र वातावरण दुवै क्षेत्रमा सकारात्मक प्रभाव सिर्जना गर्ने लक्ष्य राखेको छ। यसका साथै, सदस्यहरूको सीप तथा नेतृत्व क्षमताको विकास गर्दै आपसी सम्बन्ध अझ सुदृढ बनाउन विभिन्न तालिम, कार्यशाला तथा अन्तरक्रियात्मक कार्यक्रमहरूसमेत सञ्चालन गरिनेछ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka