Premier Cables
Premier Steel

विराटनगर

राउण्ड टेबलद्वारा १८ सय स्कुले विद्यार्थीलाई तिहारका सामग्री वितरण

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असोज ३१, २०८२  | अपराह्न २:५४ बजे
Hamro Biratnagar Headlines

विराटनगर । तिहारको अवसरमा राउण्ड टेबल नेपालले आज विराटनगर आसपासका ८ वटा विद्यालयका १८०० भन्दा बढी बालबालिकालाई दियोको सेट, बत्ती, तेल, मिठाइ र विभिन्न खाजासामग्री समावेश गरिएको गुडी ब्याग वितरण गरेको छ।

ती विद्यालयहरू राउण्ड टेबल परिवारद्वारा जिम्मेवारी लिइएका विद्यालयहरू हुन्।

कार्यक्रम विराटनगर स्याफायर राउण्ड टेबल–१८ का सदस्यहरूका श्रीमतीहरूद्वारा आयोजना गरिएको ‘हर इम्प्याक्ट’ नामक प्रमुख आयोजनाअन्तर्गत सम्पन्न भएको हो। सम्पूर्ण कार्यक्रमको अवधारणा र कार्यान्वयन उनीहरूकै पहलमा गरिएको थियो।

‘फूलफिल अ विस’ नामक राउण्ड टेबल नेपालको राष्ट्रिय अभियान अन्तर्गत यो कार्यक्रमले स्थानीय स्तरमा खुशी र उमङ्ग फैलाएको छ। गुडी ब्याग वितरण गरिएका विद्यालयहरूमा श्री सर्वजनिक माध्यमिक विद्यालय बैजनाथपुर, श्री रामजानकी आधारभूत विद्यालय जहदा, श्री आधारभूत माध्यमिक विद्यालय कटहरी, श्री महर्षि मेह आधारभूत विद्यालय रंगेली, श्री सिद्धकाली आधारभूत विद्यालय विराटनगर, बाल मन्दिर आधारभूत विद्यालय विराटनगर, जनजाति कल्याण आश्रम विराटनगर र पशुपति बाल मन्दिर कटहरी रहेका छन्।

यस कार्यक्रमलाई सफल बनाउन विराटनगरका अन्य टेबलहरूको पनि महत्वपूर्ण सहयोग रहेको थियो। हाल विराटनगरमा राउण्ड टेबल नेपालका पाँच टेबलहरू रहेका छन् । जसमा विराटनगर राउण्ड टेबल-५, विराटनगर प्राइम राउण्ड टेबल-१०, विराटनगर प्लेटिनम राउण्ड टेबल-११, विराटनगर सेन्ट्रल राउण्ड टेबल-१५ र विराटनगर स्याफायर राउण्ड टेबल-१८ छन् ।

कार्यक्रममा राउण्ड टेबल नेपालका राष्ट्रिय उपाध्यक्ष ट्रि. साकेत मुरार्काको विशेष उपस्थिति रहेको थियो। सहभागीहरूले कार्यक्रमले प्रत्येक बालबालिकाको अनुहारमा मुस्कान ल्याएको र तिहारको वास्तविक भावनालाई झल्काएको बताएका छन्।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka