Premier Cables
Premier Steel

विराटनगर

विराटनगरमा बिरामी भेट्न जाँदा मोटरसाइकलमा ह्वील लक, रगत लिन जान नै समस्या

Hamro Biratnagar News Channel Calendar आइतबार, भाद्र ०७, २०८३  | अपराह्न १:०१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होममा आफन्त बिरामीलाई भेट्न पुगेका एक युवा ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्। दुहबी-१० बुद्धचोक घर भएका राज साह इमर्जेन्सीमा भर्ना भएका आफन्तलाई हेर्न अस्पताल पुग्दा यो समस्यामा परेका हुन्।

अस्पतालको पार्किङ भरिएको भन्दै सुरक्षा गार्डले मोटरसाइकल बाहिर राख्न भनेपछि साहले बाहिर राखेका थिए। तर, सोही क्रममा ट्राफिक प्रहरीले उनको मोटरसाइकलमा ह्वील लक गरिदिएको छ।

बिज्ञापन

अप्ठ्यारो परिस्थितिमा तुरुन्तै रगत लिन जानुपर्ने जरुरी काम परेका बेला मोटरसाइकलमा ह्वील लक लागेपछि उनलाई ठूलो समस्या भएको छ। पार्किङ निषेध गरिएको वा नियमबारे जानकारी नभएको अवस्थामा एक्कासि ह्वील लक गरेर पाँच सय रुपैयाँ जरिवाना (चिट) काटिएको भन्दै उनले दुखेसो पोखेका छन्।

अस्पतालभित्र आपत्कालीन अवस्थाका बिरामी कुरुवाका रूपमा पुगेका आफूले नियम नबुझी बाहिर गाडी राख्नु पर्दा जरिवाना तिर्नुपरेको र महत्वपूर्ण समयमा अवरोध भएको भन्दै उनले यसमा गल्ती आफ्नो हो वा अस्पतालको भन्दै प्रश्न उठाएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka