






विराटनगर । नेपाल उद्योग परिसंघ कोशी प्रदेशले कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजी) ईश्वर कार्कीलाई स्वागत गरेको छ ।
परिसंघको विराटनगरस्थित कार्यालयमा एक कार्यक्रम आयोजना गरी स्वागत तथा सम्मान गरेको हो । त्यस अवसरमा परिसंघका पदाधिकारीहरुले डिआइजी कार्कीलाई खादा ओढाएर सम्मान गरेका थिए । त्यस अवसरमा आयोजित छलफल कार्यक्रममा प्रदेश र राजधानी विराटनगरको सुरक्षा अवस्था लगायत विषयमा चर्चा गरिएको थियो ।
कार्यक्रममा डिआईजी कार्कीले सुरक्षा व्यवस्था चुस्त बनाउन प्रहरीले सर्वसाधारण र उद्योग व्यवसायीसँग समेत उचित सुझाव ग्रहण गर्ने बताए । कार्यक्रममा परिसंघका अध्यक्ष पवन सारडा तथा निवर्तमान अध्यक्ष भीम घिमिरे, उद्योगी महेश जाजू, प्रकाश मुन्दडा लगायत सहभागी थिए ।
कार्यक्रममा प्रदेश प्रमुख कार्कीसंग संघका अध्यक्ष सारडाले कोशी प्रदेशको वर्तामान शान्ति सुरक्षा, भन्सार छली चोरी निकासी लगायत विविध विषयमा जानकारी गराएका थिए ।
उक्त कार्यक्रममा उद्योग परिसंघले कोशी प्रदेश प्रहरी गण विराटनगरका प्रमुख प्रहरी उपरीक्षक रुकेश तण्डुकार तथा नेपाल बिद्युत प्राधिकरण कोशी प्रदेशका प्रमुख राजीव सिंहलाई समेत स्वागत गरिएको थियो ।