Premier Cables
Premier Steel

कोशी प्रदेश

नेकपा नेता इन्द्र आङ्बोको संशय: ‘राजनीतिक समीकरण र कार्यशैलीमाथि प्रश्न’

Hamro Biratnagar News Channel Calendar शुक्रबार, भाद्र ०५, २०८३  | बिहान ११:४४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेशका पूर्वमन्त्री तथा माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले वर्तमान सरकारको स्थायित्व र कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका छन्।

संचार माध्यमसंग कुराकानीका क्रममा उनले विद्यमान राजनीतिक समीकरण र सरकार सञ्चालनको तरिकाका कारण सरकारको आयुलाई लिएर संशय उत्पन्न भएको बताएका हुन्।

बिज्ञापन

‘यो सरकार टिक्छ भन्ने लाग्छ?’ भन्ने प्रश्नको उत्तर दिँदै नेता आङ्बोले सत्ता गठबन्धनभित्र आन्तरिक असन्तुष्टि, मन्त्री चयनको विवाद र प्रदेश सरकारहरूमा शक्ति सन्तुलन मिलाउन भइरहेको सकसका कारण सरकारको भविष्य अनिश्चित बन्दै गएको दाबी गरे।

नेता आङ्बोले सङ्घीयता कार्यान्वयनको चुनौतीपूर्ण मोडमा वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको टिप्पणी गरे।

“सङ्क्रमणकालीन राजनीति, दलहरूबिचको अविश्वास र सरकारको सुस्त गतिले गर्दा सरकार कति समय टिक्छ भन्नेमा स्वयं सत्तापक्षकै नेताहरू विश्वस्त हुन सकेका छैनन्,” उनले भने।

यसका साथै, उनले नेपालमा कम्युनिस्ट आन्दोलनको भविष्य र पुनर्गठनको आवश्यकतामाथि पनि जोड दिएका छन्। सत्ताको केन्द्रमा रहने दाउपेचले गर्दा मुख्य राजनीतिक मुद्दाहरू ओझेलमा परेको र यसले समग्र सङ्घीय व्यवस्था तथा राजनीतिक स्थिरतामाथि नै चुनौती थपेको उनको भनाइ छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka