Premier Cables
Premier Steel

कोशी प्रदेश

कोशी प्रदेश सभा बैठक तत्काल बोलाउन प्रमुख विपक्षी दलको माग

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, पुष ०९, २०८२  | साँझ ५:२७ बजे
Hamro Biratnagar Headlines

विराटनगर । कोशी प्रदेश सभामा प्रमुख विपक्षी दल माओवादी केन्द्रका कोसी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले प्रदेश सरकारसँग छिट्टै हिउँदे अधिवेशन आह्वान गर्न माग गरेका छन्।

बुधबार विराटनगरमा संसदीय मामिला समेट्ने पत्रकारहरूसँगको छलफलमा आङ्बोले सरकारले अधिवेशन बोलाउनेतर्फ कुनै ठोस तयारी नगरेको बताएका हुन्। उनले पूर्वाधारको अभावलाई कारण देखाउँदै अधिवेशन आह्वान नगर्नु उपयुक्त नभएको भन्दै त्यसलाई सरकारको बहानाबाजीको रूपमा व्याख्या गरे।

बिज्ञापन

पूर्वाधार निर्माणका लागि छिटो ठेक्का प्रक्रिया अघि बढाउन आग्रह गर्दा पनि ३१ दिनको सूचना आशय र सम्झौताको प्रक्रियामै समय बित्ने अवस्था रहेको आङ्बोको भनाइ छ।

यसरी तयारी फागुनतिर मात्र सुरु हुने र त्यसबीच निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरू निर्वाचन केन्द्रीत हुने भएकाले अधिवेशन झनै ढिलो हुने उनले बताए।

प्रदेश सभामा आवश्यक भौतिक पूर्वाधार, जस्तै कुर्सीसमेतको व्यवस्था नहुनु दुःखद भएको उल्लेख गर्दै उनले जनताका ज्वलन्त समस्यामाथि छलफल गर्न हिउँदे अधिवेशन तत्काल आह्वान गर्नुपर्नेमा जोड दिए।

माओवादी केन्द्रले माघ महिनामै अधिवेशन माग गरिसकेको र सरकारलाई उत्तरदायी बनाउने जिम्मेवारी प्रतिपक्षी दलको भएको उनले स्पष्ट पारे।

आङ्बोले मन्त्रीका स्वकीय सचिवमार्फत रकम असुली भएको विषय उठाउँदै त्यसबारे मुख्यमन्त्रीले स्पष्ट जवाफ दिनुपर्ने बताए। उनले सरकार पुनर्गठनपछि मात्र सदन चलाउने जस्तो देखिएको टिप्पणी गर्दै गठबन्धन सरकारमा मुख्यमन्त्री कमजोर भूमिकामा देखिएको आरोप लगाए।

नीति तथा कार्यक्रममा माओवादी केन्द्रको समर्थन रहेको स्मरण गराउँदै उनले पर्यटन वर्ष र लगानी सम्मेलन अपेक्षाअनुसार सफल हुन नसकेको बताए।

समग्रमा प्रदेश सरकार असफल दिशातर्फ उन्मुख भएको आरोप लगाउँदै उनले पूर्वाधारलाई बहाना बनाएर महत्वपूर्ण विषयहरू टारिँदै गएको टिप्पणी गरे।

त्यसैगरी, जेन–जी आन्दोलनपछि पनि शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति हुन नसकेको र आगजनीबाट क्षति पुगेका संरचनाको पुनर्निर्माणमा सरकार संवेदनशील नदेखिएको उनले बताए।

Oplus_16908288

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka