Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

जापानमा रेलको ठक्करबाट चार जनाको मृत्यु

Hamro Biratnagar News Channel Calendar बिहिबार, भाद्र ०४, २०८३  | साँझ ५:१८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

टोकियो | जापानमा रेलको लिक आसपास सरसफाइ तथा मर्मतसम्भारको काम गरिरहेका चार जना रेल कर्मचारीको एक्सप्रेस रेलको ठक्करबाट मृत्यु भएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार टोकियोको उत्तरमा रहेको कानुमा सहरस्थित शिन–कानुमा स्टेसननजिक रेलको लिक वरपरको झारपात हटाउने क्रममा उनीहरूलाई एक्सप्रेस रेलले ठक्कर दिएको हो। अग्नि नियन्त्रक विभागका अधिकारीलाई उद्धृत गर्दै एएफपीले घटनामा चारै जनाको मृत्यु भएको जनाएको छ।

बिज्ञापन

आपत्कालीन उद्धार टोली घटनास्थलमा पुग्दा तीन जना कर्मचारी रेलमुनि च्यापिएको अवस्थामा र एक जना लिकमा रहेको बताइएको छ। जिजी प्रेसका अनुसार मृतक चारै जना पुरुष हुन् र उनीहरू ५० देखि ६० वर्ष उमेर समूहका थिए।

स्थानीय सञ्चारमाध्यमका अनुसार ती कर्मचारीहरू रेलको लिक आसपास झारपात हटाउने सात सदस्यीय टोलीका सदस्य थिए। दुर्घटनामा परेको रेलमा करिब ५० यात्रु सवार थिए। तीमध्ये कसैलाई पनि चोटपटक नलागेको जनाइएको छ।

छ वटा डिब्बा रहेको उक्त रेल ‘टोबु निक्को लाइन’मा सञ्चालन हुने ‘स्पेसिया एक्स’ एक्सप्रेस रेल थियो। उक्त रेलले टोकियोलाई तोचिगी क्षेत्रको लोकप्रिय पर्यटकीय गन्तव्य निक्कोसँग जोड्छ।

रेल सञ्चालकलाई उद्धृत गर्दै एनएचकेले जनाएअनुसार टोकियोतर्फ गइरहेको रेल शिन–कानुमा स्टेसनमा रोकिने क्रममा दुर्घटनामा परेको थियो। रेलमा रहेका यात्रुहरूले ठूलो गडगडाहटको आवाज सुनेपछि रेल एक्कासि रोकिएको बताएका छन्। केही यात्रुले रेलभित्र उभिनसमेत कठिन हुने गरी झट्का महसुस गरेको बताएका छन्।

उच्चस्तरीय मर्मतसम्भार, तालिम तथा अत्याधुनिक प्रविधिको प्रयोगका कारण जापानको रेल सेवा विश्वकै सुरक्षितमध्ये मानिन्छ। त्यसैले रेलसम्बन्धी घातक दुर्घटना तुलनात्मक रूपमा दुर्लभ हुने गरेका छन्।

जापानमा यस शताब्दीको सबैभन्दा घातक रेल दुर्घटना सन् २००५ मा भएको थियो। अमागासाकीमा यात्रुवाहक रेल लिकबाट खसेर एउटा अपार्टमेन्ट भवनमा ठोक्किँदा १०७ जनाको मृत्यु भएको थियो भने ५०० भन्दा बढी घाइते भएका थिए।

त्यसअघि सन् १९६३ मा मालवाहक रेल लिकबाट खस्दा दुई यात्रुवाहक रेलसँग ठोक्किएको दुर्घटनामा १६१ जनाको मृत्यु भएको थियो। यस्तै, सन् १९६४ मा सेवा सुरु भएको जापानको ‘सिन्कान्सेन’ बुलेट रेल सञ्जालमा लिकबाट रेल खस्ने वा आपसमा ठोक्किने घटनाका कारण हालसम्म कुनै यात्रुको मृत्यु नभएको जनाइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

गाँजाको व्यावसायिक उत्पादन र औषधिजन्य प्रयोगका लागि कानुनी व्यवस्था गर्न सरकार सकारात्मक

Clock Iconशुक्रबार, भाद्र ०५, २०८३

काँकडभिट्टा नाकाबाट एक वर्षमा रु ९ करोड ८४ लाखको सागसब्जी निर्यात

Clock Iconशुक्रबार, भाद्र ०५, २०८३

आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक

Clock Iconशुक्रबार, भाद्र ०५, २०८३

ग्यास सिलिन्डरमा ट्रयाकिङ प्रणाली लागू गर्न संसदीय समितिको निर्देशन

Clock Iconबिहिबार, भाद्र ०४, २०८३

आयल निगमको तथ्याङ्का: ५ महिना यताकै सबैभन्दा बढी ४० लाख सिलिन्डर ग्यास आयात

Clock Iconबुधबार, भाद्र ०३, २०८३

पूर्वाञ्चल आयल सप्लायर्समा उपभोक्ता ठगीको खबरपछि विराटनगरका पेट्रोल पम्पहरुमा अनुगमन

Clock Iconबुधबार, भाद्र ०३, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka