Premier Cables
Premier Steel

राष्ट्रिय

अर्का एक बिस्थापित सुकुम्बासीले जीवन त्यागे

Hamro Biratnagar News Channel Calendar बिहिबार, भाद्र ०४, २०८३  | अपराह्न २:५६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । काठमाडौँको शान्तिनगर (गैरीगाउँ) सुकुम्बासी बस्तीमा डोजर चलाएपछि विस्थापित बनेका टिकाथलीमा डेरा गरी बस्दै आएका करिब ५० वर्षीय चम्बरबहादुर नेपालीले आत्महत्या गरेका छन्।

घर भत्काइएपछि सरकारबाट २५ हजार रुपैयाँ राहत लिएर डेरा सरेका नेपालीको परिवारमा श्रीमती र छोराछोरीसहित सात जना आश्रित थिए। परिवारको आर्थिक व्यवस्थापन तथा भविष्यको चिन्ताका कारण उनले बुधबार जीवन समाप्त गरेको परिवारको आरोप छ।

बिज्ञापन

सुकुम्बासी नेता दलमर्दन कामीका अनुसार सरकारले दिएको मानसिक पीडा सहन नसकेर उनले आत्महत्याको बाटो रोजेकाले यसको जिम्मेवारी सरकारले नै लिनुपर्छ।

यसैगरी, संयुक्त सुकुम्बासी राष्ट्रिय मोर्चाका महासचिव अर्जुन कुँवरले सरकारले उचित वैकल्पिक आवासको व्यवस्था नगरी सत्ता र शक्तिको दुरुपयोग गर्दै गरिब तथा भूमिहीनहरूलाई विस्थापित गराएकाले यस्ता घटना बढेको बताए।

मोर्चाले सुकुम्बासी समस्याको तत्काल समाधान र यस कदमको विरोध स्वरूप माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शनको तयारी गरेको छ।

यसअघि पनि भक्तपुरको बोडे सेल्टरमा रहेका ५७ वर्षीय हीरालाल हजाराले ज्यान गुमाएका थिए। सो घटनापछि पीडित परिवार र सुकुम्बासीहरूको विरोधका कारण सरकारी पक्षसँग वार्ता र सहमति भए तापनि त्यसको कार्यान्वयन नभएको भन्दै पीडित पक्ष असन्तुष्ट रहँदै आएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka