Premier Cables

अर्थ बैंक तथा वित्त

राष्ट्र बैंकले तोक्यो आजका लागि विदेशी मुद्राको विनिमयदर

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र ०२, २०८३  | अपराह्न १२:०४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १५२ रुपैयाँ २७ पैसा तोकिएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ०३ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७२ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०७ रुपैयाँ र बिक्रीदर २०७ रुपैयाँ ८१ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ५५ पैसा र बिक्रीदर १८९ रुपैयाँ २९ पैसा कायम गरिएको छ।

विज्ञापन

अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ७८ पैसा र बिक्रीदर १०९ रुपैयाँ २० पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ १७ पैसा र बिक्रीदर ११० रुपैयाँ ६० पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १२० रुपैयाँ ११ पैसा तोकिएको छ।

त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ५९ पैसा र बिक्रीदर ९ रुपैयाँ ६३ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६६ पैसा र बिक्रीदर २२ रुपैयाँ ७५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ६६ पैसा र बिक्रीदर ४० रुपैयाँ ८२ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४२ रुपैयाँ ०५ पैसा कायम गरिएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर ४ रुपैयाँ ६३ पैसा र बिक्रीदर ४ रुपैयाँ ६४ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ५७ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ६० पैसा र बिक्रीदर ३७ रुपैयाँ ७५ पैसा तथा दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ ८१ पैसा र बिक्रीदर १० रुपैयाँ ८५ पैसा निर्धारण गरिएको छ।

यस्तै, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ १० पैसा र बिक्रीदर १६ रुपैयाँ १६ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ६८ पैसा र बिक्रीदर २३ रुपैयाँ ७७ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १९ रुपैयाँ ५४ पैसा, कुवेती दिनार एकको खरिददर ४९७ रुपैयाँ २२ पैसा र बिक्रीदर ४९९ रुपैयाँ १७ पैसा, बहराइन दिनार एकको खरिददर ४०४ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४०६ रुपैयाँ ५४ पैसा तथा ओमानी रियाल एकको खरिददर ३९६ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३९८ रुपैयाँ ०९ पैसा कायम गरेको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विनिमयदर आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर भने फरक हुनसक्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ। अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka