Premier Cables
Premier Steel

अर्थ विराटनगर

सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन ४ हजार ६ सयले घट्यो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, साउन २९, २०८३  | अपराह्न १२:१४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। आज सुनको मूल्य तोलामा ४ हजार ६०० रुपैयाँ र चाँदीको मूल्य तोलामा ९० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ६०० रुपैयाँ कायम भएको छ। बिहीबार छापावाल सुन प्रतितोला ३ लाख ६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

बिज्ञापन

त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ६६० रुपैयाँ कायम गरिएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔँस ४ हजार ३२६ अमेरिकी डलर तथा चाँदी प्रतिऔँस करिब ६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa