Premier Cables
Premier Steel

अर्थ विराटनगर समाचार

सुनको मूल्य बढ्यो, चाँदी पनि महँगियो

Hamro Biratnagar News Channel Calendar आइतबार, साउन २४, २०८३  | बिहान ११:४७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ हजार ८ सय रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ । शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

बिज्ञापन

महासंघका अनुसार सुनको मूल्य प्रतिदश ग्राम २ लाख ५८ हजार ६ सय ६० रुपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ६ सय ४५ रुपैयाँ पुगेको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ५ सय ८० रुपैयाँमा कारोबार भएको थियो । यसअनुसार चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँले बढेको हो ।

महासंघले चाँदीको मूल्य प्रतिदश ग्राम ३ हजार ९ सय ८३ रुपैयाँ निर्धारण गरेको जनाएको छ ।

*** समाप्त ***
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa