Premier Cables
Premier Steel

समाचार

मेचीसहितका देशका प्रमुख राजमार्गहरू ठप्प

Hamro Biratnagar News Channel Calendar आइतबार, साउन २४, २०८३  | बिहान ८:५८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । अविरल वर्षाका कारण पहिरो र सडक कटान हुँदा मुलुकका विभिन्न स्थानका प्रमुख राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। प्रहरीका अनुसार विभिन्न जिल्लामा गएको पहिरोका कारण सवारी आवागमन ठप्प भएको हो।

तेह्रथुमस्थित मध्यपहाडी लोकमार्ग शनिबार रातिदेखि बन्द छ। लालीगुँरास नगरपालिका–९ काडेस्थित पिङवा खोलानजिक करिब ३५ मिटर माथिबाट ढुङ्गा-माटोको पहिरो खस्दा सडक पूर्ण रूपमा थलिएको छ। यस्तै, सिन्धुपाल्चोकको चौतारा साँगागढी–९ डुम्रेमा लेदोसहितको पहिरो खस्दा अरनिको राजमार्ग अवरुद्ध बनेको छ।

बिज्ञापन

अरनिको राजमार्गकै विभिन्न खण्डहरू विगत केही समयदेखि नै बन्द अवस्थामा छन्। असार ३१ गतेदेखि भोटेकोसी–४ जिरोकिलोमा पहिरोले सडक पूर्ण रूपमा बन्द छ भने साउन १ गते भोटेकोसी–२ कोदारीस्थित ईकु पहिरोबाट खसेको लेदोका कारण आवतजावत ठप्प छ। साथै साउन १९ गते भोटेकोसी–२ लिपिङमा सडक भासिएका कारण अरनिको राजमार्गको उक्त खण्ड पनि अवरुद्ध भएको छ।

यसैगरी, इलाम नगरपालिका–९ स्थित मेची राजमार्गमा असार २३ गतेदेखि नै भारी वर्षाका कारण हिलो जमेर सवारीसाधन आवतजावत गर्न सकेका छैनन्। प्रहरीका अनुसार उक्त स्थानमा हाल वैकल्पिक बाटो प्रयोग भइरहेको छ।

अन्य सडक खण्डमा पनि बाढी र पहिरोको उस्तै असर देखिएको छ। साउन ८ गते रसुवाको उत्तरगया–५ खाल्टेमा त्रिशुली नदीले सडकमुनिबाट कटान गर्दा त्रिशुली–मैलुङ–स्याफ्रुबेँसी सडक अवरुद्ध भएको छ। त्यस्तै साउन ६ गते रुकुम पश्चिमको आठबिसकोट–६ रिजेगार्ड खोला क्षेत्रमा माथिबाट ढुङ्गा र लेदो खस्दा भेरी करिडोरअन्तर्गतको जाजरकोट–डोल्पा सडक खण्ड ठप्प बनेको छ।

सम्बन्धित निकायहरूले अवरुद्ध सडक खुलाउन प्रयास गरिरहे पनि लगातारको वर्षा र लेदोका कारण काममा चुनौती थपिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa