Premier Cables
Premier Steel

अर्थ विराटनगर समाचार

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

Hamro Biratnagar News Channel Calendar शुक्रबार, साउन २२, २०८३  | बिहान ११:२८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर। स्थानीय बजारमा शुक्रबार सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेर दुई लाख ९६ हजार ९०० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन छापावाल सुन प्रतितोला दुई लाख ९६ हजार रुपैयाँमा कारोबार भएको थियो।

बिज्ञापन

यस्तै, चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले वृद्धि भई चार हजार ५८० रुपैयाँ पुगेको छ। यसअघि चाँदी प्रतितोला चार हजार ५७० रुपैयाँमा कारोबार भएको थियो।

अन्तरराष्ट्रिय बजारमा पनि सुन र चाँदीको मूल्य उच्च स्तरमै कायम रहेको छ। अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार शुक्रबार सुनको मूल्य प्रतिऔँस चार हजार २६२ अमेरिकी डलर र चाँदीको मूल्य प्रतिऔँस ५८ अमेरिकी डलर रहेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa