Premier Cables

राजनीति

प्रगतिशील लोकतान्त्रिक पार्टी फुट्यो

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन २१, २०८३  | बिहान ८:५५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वमाओवादी नेता जनार्दन शर्मा तथा पूर्वरास्वपा नेता सन्तोष परियारलगायतले गठन गरेको ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ (प्रलोपा) विभाजित भएको छ।

​यसअघि नै सुदन किराँती र ओजस्वी भट्टराई लगायतका शीर्ष नेताहरू अलग भइसकेको यस पार्टीका बाँकी नेताहरू पनि अन्ततः फुट्न पुगेका हुन्। सहमतिअनुसार अध्यक्ष परिषद्‌मा रहेका दुर्गा सोब र सन्तोष परियार छुट्टिने निर्णयमा पुगेका छन्।
​
भट्टराईले प्रलोपा गठनअघि स्थापना गरेको ‘नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)’ पुनः ब्युँताइएको छ, जसको नेतृत्व दुर्गा सोबले गर्नेछन्। यस पार्टीको चुनाव चिह्न ‘आँखा’ नै रहने तय भएको छ।

विज्ञापन

​अर्कोतर्फ, सन्तोष परियारको नेतृत्वमा ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ (प्रलोपा) कायमै रहनेछ। उक्त पार्टीका लागि ‘आँखा’बाहेक तीन रङ समावेश भएको नयाँ चुनाव चिह्न चयन गर्ने गरी कानुनी प्रक्रिया अघि बढाउने सहमति भएको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka