विराटनगर । कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश प्रेस रजिष्ट्रार नियुक्तिका लागि अन्तर्वार्ता परीक्षाको मिति तय गरेको छ।
कोशी प्रदेश आमसञ्चार ऐन, २०८२ को दफा ४ बमोजिम रजिष्ट्रार नियुक्तिको प्रयोजनका लागि मन्त्रालयले गत जेठ ५ गते आवेदन माग गरेको थियो। प्राप्त आवेदनहरूमध्येबाट सिफारिस समितिको मिति २०८३ असार २४ गतेको निर्णयानुसार संक्षिप्त सूची ९सर्टलिस्ट० मा परेका ९ जना उम्मेदवारहरूलाई अन्तर्वार्ताका लागि छनोट गरिएको छ ।
छनोटमा परेका उम्मेदवारहरूमा शशी कोइराला (सुनसरी), देवेन्द्र कार्की (सुनसरी), लिलाराज भट्टराई (सुनसरी), गोपाल काफ्ले (झापा), नेत्र प्रसाद अधिकारी (मोरङ), अमृत कुमार बास्तोला (तेह्रथुम), गणेशमान मुखिया (झापा), प्रभाष चन्द्र झा (सप्तरी), र बन्धु पोखरेल (सुनसरी) रहेका छन् ।
मन्त्रालयका अनुसार आगामी असार २६ गते शुक्रबार बिहान ठिक ११स्०० बजे आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरमा अन्तर्वार्ता परीक्षा सञ्चालन हुनेछ ।
अन्तर्वार्तामा सहभागी हुन आउँदा उम्मेदवारहरूले अनिवार्य रूपमा आफ्नो नागरिकता, शैक्षिक योग्यताका प्रमाणपत्रहरू र अनुभवका सक्कल कागजातहरू साथमा लिएर उपस्थित हुनुपर्ने जानकारी मन्त्रालयका उपसचिवले सूचनामार्फत दिनुभएको छ ।


