Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

के नेपालले एक चीन नीति छाडेको हो ?

Hamro Biratnagar News Channel Calendar बिहिबार, असार २५, २०८३  | अपराह्न १२:१८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । चीनका लागि नेपालका सात जना पूर्वराजदूतले काठमाडौंमा १४औँ दलाई लामाको जन्मदिन मनाइएको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकारसँग स्पष्ट धारणा सार्वजनिक गर्न आग्रह गरेका छन्।

बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै पूर्वराजदूतहरूले असार २२ गते नागार्जुन नगरपालिका–२ स्थित नामग्याल विद्यालयमा दलाई लामाको ९९औँ जन्मोत्सव मनाइएको र उक्त कार्यक्रममा विभिन्न विदेशी नियोगका प्रतिनिधिहरूको समेत सहभागिता रहेको समाचारप्रति आफूहरू गम्भीर रूपमा चिन्तित भएको बताएका छन्।

बिज्ञापन

संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्ने पूर्वराजदूतहरूमा राजेश्वर आचार्य, महेश मास्के, कृष्णप्रसाद ओली, महेन्द्र पाण्डे, लीलामणि पौडेल, टंक कार्की र विष्णुपुकार श्रेष्ठ रहेका छन्।

उनीहरूले नेपालले लामो समयदेखि दृढतापूर्वक ‘एक चीन नीति’ अवलम्बन गर्दै आएको स्मरण गराउँदै नेपालको भूमिबाट कुनै पनि मित्रराष्ट्रविरुद्ध प्रतिकूल असर पर्ने गतिविधि हुन नदिने प्रतिबद्धता सधैँ कायम रहेको उल्लेख गरेका छन्।

विज्ञप्तिमा हालै परराष्ट्रमन्त्री शिशिर खनालको चीन भ्रमणका क्रममा पनि यही प्रतिबद्धता दोहोर्‍याइएको उल्लेख गर्दै पूर्वराजदूतहरूले सरकारसँग केही गम्भीर प्रश्न उठाएका छन्। “के नेपालको एक चीन नीतिमा परिवर्तन आएको हो ? के छिमेकी मुलुकप्रतिको हाम्रो परराष्ट्र नीतिमा फेरबदल गरिएको हो ?” भन्ने प्रश्न उनीहरूले गरेका छन्।

उक्त कार्यक्रम सरकारको जानकारी वा सहमतिमा आयोजना भएको भए त्यसले नेपालले चीनसँग कूटनीतिक सम्बन्ध स्थापना भएदेखि निरन्तर पालना गर्दै आएको ‘एक चीन नीति’सँग बाझिने उनीहरूको भनाइ छ। साथै, यसले नेपालले अवलम्बन गर्दै आएको सन्तुलित भूराजनैतिक सम्बन्धमा समेत नकारात्मक प्रभाव पार्न सक्ने चेतावनी विज्ञप्तिमा दिइएको छ।

पूर्वराजदूतहरूले यस्ता गतिविधिले नेपालको स्थायित्व, विकास र स्वतन्त्र परराष्ट्र नीतिमा प्रतिकूल असर पर्न सक्ने उल्लेख गर्दै सरकारसहित सबै सरोकारवालालाई संवेदनशील र सतर्क रहन आग्रह गरेका छन्। भविष्यमा यस्ता घटना नदोहोरिने सुनिश्चितता गर्न तथा छिमेकी राष्ट्रसँगको सम्बन्धलाई ध्यानमा राखेर आवश्यक कदम चाल्न उनीहरूले नेपाल सरकारको ध्यानाकर्षण समेत गराएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa