Premier Cables
Premier Steel

अपराध

विराटनगरका दुई जना स्वचालित पेस्तोल र गोलीसहित सुनसरीबाट पक्राउ

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, असार २४, २०८३  | बिहान ८:३६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सुनसरीको गढी गाउँपालिका–१ मदेली झण्डा चोकबाट प्रहरीले स्वचालित चाइनिज पेस्तोल र तीन राउन्ड गोलीसहित विराटनगरका दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१७ रानी बस्तीका ५१ वर्षीय नुर महोमद र विराटनगर–८ अशोक चोकका ३२ वर्षीय इम्रान खान रहेका छन्। उनीहरूलाई असार २४ गते राति प्रहरीले नियन्त्रणमा लिएको हो।

विज्ञापन

प्रहरीका अनुसार अस्थायी प्रहरी चौकी चाँदबेलाबाट गस्तीमा खटिएको टोलीले राति करिब १:२० बजे शंकास्पद अवस्थामा पैदल हिँडिरहेका उनीहरूलाई रोकेर खानतलासी गरेको थियो। त्यसक्रममा नुर महोमदको साथबाट एक थान स्वचालित चाइनिज पेस्तोल र त्यसमा लोड गरिएको तीन राउन्ड गोली बरामद भएको हो।

हतियारसहित पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दुहवीमा राखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। प्रहरीले बरामद हतियारको स्रोत, त्यसको प्रयोगको उद्देश्य तथा उनीहरूको सम्भावित योजनाबारे विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka