Premier Cables
Premier Steel

कोशी प्रदेश

जहदा-३ मा २३औँ राष्ट्रिय धान दिवस मनाइयो, किसानसँगै सामूहिक धान रोपाइँ

Hamro Biratnagar News Channel Calendar सोमबार, असार १५, २०८३  | साँझ ५:१८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा मोरङको जहदा गाउँपालिका–३, मिलनचोकमा किसानहरूसँगै सामूहिक धान रोपाइँ कार्यक्रम सम्पन्न गरिएको छ।

श्री प्रशंसा कृषि सहकारी संस्था, भाठीगछको आयोजना तथा जहदा गाउँपालिकाको कृषि शाखाको सहकार्यमा आयोजित कार्यक्रममा स्थानीय किसान, जनप्रतिनिधि तथा कृषि क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

बिज्ञापन

कार्यक्रममा सहभागीहरूले खेतमै धान रोपेर अन्नदाता किसानप्रति सम्मान व्यक्त गरेका थिए। साथै कृषि उत्पादन वृद्धि, आधुनिक खेती प्रणालीको विस्तार तथा किसानलाई कृषि पेशाप्रति थप प्रोत्साहन गर्ने उद्देश्यले धान दिवस मनाइएको आयोजकले जनाएको छ।

कार्यक्रममा जहदा गाउँपालिकाकी उपाध्यक्ष हन्ना सोरेन, वडा नम्बर ३ का अध्यक्ष अनिल कुमार ठाकुर, जहदा कृषि शाखाका प्रमुख रमानन्द, प्रशंसा कृषि सहकारी संस्था भाठीगछका अध्यक्ष राज कुमार साह, सचिव अनिल यादव लगायत स्थानीय किसानहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले कृषि नेपालको अर्थतन्त्रको प्रमुख आधार भएको उल्लेख गर्दै किसानको सम्मान, आधुनिक कृषि प्रविधिको प्रयोग र उत्पादन वृद्धि आजको आवश्यकता रहेको बताए। उनीहरूले कृषि क्षेत्रको विकासका लागि स्थानीय सरकार, सहकारी संस्था र किसानबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa