Premier Cables
Premier Steel

राजनीति

निर्वाचनमा बालेनको हात, अधिवेशनमा पत्ता साफ-मोरङका चार सांसद केन्द्रिय सदस्यमा पराजित 

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असार १२, २०८३  | अपराह्न ३:४९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदको पहिलो चरणको मतपरिणाम सार्वजनिक हुँदा मोरङका चार जना प्रतिनिधिसभा सदस्य पराजित भएका छन्।

असार ७ गते चितवनमा उद्घाटन भएको महाधिवेशनको पहिलो चरणको मतगणनाअनुसार मोरङबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका प्रतिनिधिसभा सदस्य कृष्ण कार्की, सन्तोष राजवंशी, आशा झा तथा समानुपातिक सांसद प्रेमलाल चौधरी निर्वाचित हुन सकेनन्।

बिज्ञापन

मोरङ–२ बाट निर्वाचित सांसद कृष्ण कार्कीले ५२३ मत प्राप्त गरे।उनी आफु प्रधानमन्त्री बालेन्द्र साह निकट भएको भन्दै चुनावका लागी मत माग्दै प्रचार गरिरहेका थिए तर उनको त्यो दाउ निर्वाचनमा चल्न सकेन केहि समय आगडी एक बिदेशी महिलाको बिसयमा समेत ऊनी विवादित बनेका थिए ।

मोरङ–४ का सांसद सन्तोष राजवंशीले ६२० मत ल्याए भने मोरङ–५ की सांसद आशा झाले ८४५ मत प्राप्त गरिन्।  समानुपातिक सांसद प्रेमलाल चौधरीले ७५८ मत प्राप्त गरे पनि निर्वाचित हुन सकेनन्।

यता मोरङबाट उम्मेदवारी दिएका अन्य दुई प्रतिनिधिसभा सदस्य भने विजयी भएका छन्। मोरङ–१ का सांसद यज्ञमणि न्यौपाने १,९०३ मत प्राप्त गर्दै निर्वाचित भए भने मोरङ–३ का सांसद गणेश कार्की १,७३४ मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

यस्तै, मोरङकै डिलेश्वर कार्की (रोहन) पनि खस–आर्य कोटाबाट १,०२२ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

महाधिवेशनमा ठूलो मतान्तरले संसदीय निर्वाचन जितेका केही नेताहरूले पार्टीको आन्तरिक निर्वाचनमा भने अपेक्षित समर्थन प्राप्त गर्न नसकेको एक रास्वपा सदस्यले बताएका छन्।

निर्वाचन समितिका अनुसार केन्द्रीय सदस्यको पहिलो चरणको निर्वाचन सम्पन्न भइसकेको छ भने शुक्रबार पदाधिकारी पदका लागि निर्वाचन गर्ने तयारी गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa