Premier Cables
Premier Steel

राजनीति

रास्वपाको पदाधिकारी चयनका लागि मतदान सुरु

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असार १२, २०८३  | अपराह्न १:४१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी चयनका लागि मतदान सुरु भएको छ। चितवनमा जारी महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचनमार्फत विभिन्न पदका पदाधिकारी चयन गरिनेछ।

सभापति पदमा भने यसअघि नै रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्। त्यस्तै, उपसभापति (पुरुष) पदमा डा. स्वर्णिम वाग्ले पनि निर्विरोध चयन भएका छन्।

बिज्ञापन

उपसभापति (महिला) पदका लागि सोविता गौतम र तोसिमा कार्कीबीच प्रतिस्पर्धा भइरहेको छ। महामन्त्री पदमा विपीन आचार्य, मनिष झा, गणेश कार्की र सागर ढकाल चुनावी मैदानमा छन्।

सहमहामन्त्री (पुरुष) पदका लागि असिम शाह, रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, अशोककुमार चौधरी, मिलन लिम्बु, राजीव खत्री, विजय जैरु, हरि ढकाल र हिमेश पन्तले उम्मेदवारी दिएका छन्। असिम शाह हाल काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहका राजनीतिक सल्लाहकार हुन्।

सहमहामन्त्री (महिला) पदमा विदुषी शर्मा, कामिनी कुमारी चौधरी, निशा डाँगी, रिमा विश्वकर्मालगायत उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

मतदान प्रक्रिया सुरु भइसके पनि नेताहरूबीच सहमतिका आधारमा नेतृत्व चयन गर्ने प्रयास जारी रहेको भन्दै आन्तरिक छलफललाई तीव्रता दिइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

गाँजाको व्यावसायिक उत्पादन र औषधिजन्य प्रयोगका लागि कानुनी व्यवस्था गर्न सरकार सकारात्मक

Clock Iconशुक्रबार, भाद्र ०५, २०८३

काँकडभिट्टा नाकाबाट एक वर्षमा रु ९ करोड ८४ लाखको सागसब्जी निर्यात

Clock Iconशुक्रबार, भाद्र ०५, २०८३

आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक

Clock Iconशुक्रबार, भाद्र ०५, २०८३

ग्यास सिलिन्डरमा ट्रयाकिङ प्रणाली लागू गर्न संसदीय समितिको निर्देशन

Clock Iconबिहिबार, भाद्र ०४, २०८३

आयल निगमको तथ्याङ्का: ५ महिना यताकै सबैभन्दा बढी ४० लाख सिलिन्डर ग्यास आयात

Clock Iconबुधबार, भाद्र ०३, २०८३

पूर्वाञ्चल आयल सप्लायर्समा उपभोक्ता ठगीको खबरपछि विराटनगरका पेट्रोल पम्पहरुमा अनुगमन

Clock Iconबुधबार, भाद्र ०३, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka