काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुनुअघि एक्स्ट्रीम इनर्जी ड्रिङ्कले क्रिकेटको जोश र संगीतको ऊर्जालाई समेट्दै ‘एक्स्ट्रीम एन्थम’ सार्वजनिक गरेको छ ।
क्रिकेटप्रेमी, खेलाडी र समर्थकको उत्साहलाई सांगीतिक लयमा प्रस्तुत गर्ने उद्देश्यले तयार गरिएको एन्थमले एनपीएलको माहोललाई थप रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ । मैदानमा हुने प्रतिस्पर्धा, चौका–छक्काको खुसी, टोलीप्रतिको समर्थन र जितको चाहनालाई गीतमार्फत अभिव्यक्त गरिएको कम्पनीले जनाएको छ ।
एनपीएलको तेस्रो संस्करणमा एक्स्ट्रीम इनर्जी ड्रिङ्कले काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्ससँग मुख्य प्रायोजकका रूपमा साझेदारी गरेको छ । त्यस्तै, पोखरा एभेन्जर्ससँग जर्सीको छातीमा लोगो रहने गरी प्रायोजन साझेदारी गरिएको छ ।
विशेषगरी युवा पुस्ताको सांगीतिक रुचि र क्रिकेटप्रतिको बढ्दो आकर्षणलाई ध्यानमा राखेर तयार गरिएको ‘एक्स्ट्रीम एन्थम’ मा युनिक पोयट नामले परिचित उत्साह जोशीको स्वर र शब्द रहेको छ । गीतमा ब्लुस (सुरज शाही) ले संगीत सिर्जना तथा संयोजन गरेका छन् भने यसको निर्माण एनएफटीपी टिमले गरेको हो ।
कम्पनीका अनुसार यो एन्थम गीतमा मात्र सीमित नभई क्रिकेट र संगीतलाई एउटै उत्सवमा जोड्ने सिर्जनात्मक प्रयास हो । खेलाडीको जित्ने अठोट र समर्थकको उत्साहलाई संगीतमार्फत जोड्दै क्रिकेटप्रेमीहरूसँग भावनात्मक सम्बन्ध थप बलियो बनाउने उद्देश्य राखिएको छ ।
एनपीएलको तेस्रो संस्करणलाई लक्षित गरी सार्वजनिक गरिएको ‘एक्स्ट्रीम एन्थम’ एक्स्ट्रीम इनर्जी ड्रिङ्कको आधिकारिक युट्युब तथा टिकटकमार्फत हेर्न र सुन्न सकिनेछ ।
