विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीको विराटनगरस्थित सरकारी निवासमा प्रहरीले मध्यराति खानतलासी गरेको भन्ने विषयमा मोरङ प्रहरीले थप प्रस्टीकरण दिएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटुवालले पुष्पलाल चोकका एकजना प्रतिवादी खोजतलास गर्दा प्रहरीले विराटनगर -३ मा राति सर्च अभियान सञ्चालन गरेको बताए । उनले भने,”कुटपिट सम्बन्धित घटनामा फरार रहेका व्यक्ति खोजी गर्ने क्रममा सर्च अभियान सञ्चालन गरिएको हो । कुटपिटबाट घाइते भएका व्यक्तिको उपचार भइरहेको छ ।”
मुख्यमन्त्री हिक्मत कुमार कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलका अनुसार बिहीबार राति करिब ११ बजे विराटनगर महानगरपालिका–३ स्थित ल क्याम्पस नजिक रहेको मन्त्री निवासमा प्रहरी टोली पुगेको भन्ने जानकारी आएको बताए ।
प्रहरीले घटनाबारे थप बिस्तृत जानकारी सार्वजनिक गर्ने एसी कटुवालले बताए ।
मुख्यमन्त्री कार्यालयले घटनाका सम्बन्धमा प्रशासनसँग जानकारी मागेको बताइएको छ ।


