Premier Cables
Premier Steel

कोशी प्रदेश

रास्वापाका सुनवर्षी कोषाध्यक्षले गरे विद्यालय प्राचार्यमाथि दुर्व्यवहार

Hamro Biratnagar News Channel Calendar मंगलबार, असार ०२, २०८३  | राती ८:४० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनवर्षी नगर समितिका कोषाध्यक्ष बैजनाथ राजपूतले सुनवर्षी नगरपालिकामा एक विद्यालयका प्राचार्यमाथि दुर्व्यवहार  गरेको घटना सार्वजनिक भएको छ।

सोमबार सुनवर्षी नगरपालिकाको शिक्षा शाखामा कामको सिलसिलामा पुगेका राजपूतले आक्रामक तथा असंयमित व्यवहार प्रदर्शन गरेको थिए। सो क्रममा नजिकै रहेका  काली माध्यमिक विद्यालयका प्राचार्य राजकुमार दासले संयमता अपनाउन आग्रह गरेका थिए।

बिज्ञापन

प्रत्यक्षदर्शीका अनुसार विवाद बढ्दै जाँदा राजपूतले खुट्टामा लगाएको चप्पल फुकालेर प्राचार्य दासलाई प्रहार गर्न खोजेका थिए। अवस्था तनावपूर्ण बनेपछि प्रहरी बोलाएर उनलाई कार्यालय परिसरबाट बाहिर निकालिएको सुनवर्षी नगरपालिकाका प्रमुख श्याम राजवंशीका स्वकीय सचिव सुबोध दासले जानकारी दिए।

दासका अनुसार यसअघि पनि राजपूत रास्वपा नगर समितिका सचिव रहँदा नगरपालिकाको सवारी साधन रोक्ने तथा कर्मचारीमाथि गालीगलौज गर्ने घटनामा संलग्न भएको आरोप लागेपछि जिल्ला प्रशासन कार्यलयमा माफी मागेका थिए । 

सोमबारको घटनापछि पनि राजपूतले आफ्नो व्यवहार गलत भएको स्वीकार गर्दै उपस्थित सबैसामु माफी मागेको छन । यस बिसयमा बैजनाथ राजपुतले आफू स्कुलको बिसयलाई लिएर नगरपालिका शिक्षा साखामा कुरा राख्न गएको बेला त्यहा रहेक काली मावीका प्राचार्य राज कुमार दासले सुरुवातमा आफुहरु लाई दुव्र्यवहार गरेको र खुट्टा बाट जुत्ता निकालन खोजे पछि आफुले पनि चप्पल देखएको उनले बताए ।उनले प्राचार्य दास नगर प्रमुख श्याम राजवशीं र एमाले पार्टी निकट भएको समेत आरोप लगाए ।

रास्वपाभित्रकै केही नेता तथा कार्यकर्ताले समेत राजपूतको व्यवहारप्रति असन्तुष्टि जनाएका छन्। उनीहरूले पार्टीको नाम र प्रभाव देखाएर कार्यालय तथा व्यक्तिहरूमाथि दबाब दिने र धम्कीपूर्ण शैली अपनाउने कार्यले पार्टीको छविमा नकारात्मक असर परेको बताएका छन्। यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि पार्टीले आवश्यक कारबाही गर्नुपर्ने उनीहरूको माग छ।

अनुशासन, सुशासन र जिम्मेवार राजनीतिको नारासहित निर्वाचनमा सफलता हासिल गरेको पार्टीका केही कार्यकर्ताको यस्ता गतिविधिले सर्वसाधारणमा नकारात्मक सन्देश गएको स्थानीयवासीहरूको भनाइ छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa