Premier Cables
Premier Steel

कोशी प्रदेश

कोसी सरकारले आइतबारको सार्वजनिक बिदा पुनरावलोकन गर्ने

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असार ०१, २०८३  | साँझ ५:३३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर। कोसी प्रदेश सरकारले हाल लागू रहेको आइतबारको सार्वजनिक बिदा व्यवस्थालाई पुनरावलोकन गर्ने घोषणा गरेको छ।

प्रदेश सभामा आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन आइतबारको बिदा सम्बन्धी व्यवस्थाको समीक्षा गरिने जानकारी दिए।

विज्ञापन

हाल संघीय सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिँदै आएको छ। सेवा प्रवाहको प्रभावकारिता र प्रशासनिक कार्यसम्पादनलाई ध्यानमा राखेर बिदा व्यवस्थाबारे पुनरावलोकन गरिने मन्त्री लिङ्थेपले बताए।

यसैगरी, मन्त्रालय तथा सरकारी निकायहरूमा आवश्यकताअनुसार दरबन्दी पुनर्मिलान गरिने घोषणा पनि बजेटमार्फत गरिएको छ। प्रदेश सरकारले संघीयताको प्रभावकारी कार्यान्वयनका लागि मुख्यमन्त्री सम्मेलन आयोजना गर्ने योजना समेत अघि सारेको मन्त्री लिङ्थेपले जानकारी दिए।

सरकारले प्रशासनिक सुधार, सेवा प्रवाहमा चुस्तता र संघीय संरचनाको सुदृढ कार्यान्वयनलाई आगामी आर्थिक वर्षको प्राथमिकतामा राखेको जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka