Premier Cables
Premier Steel

कोशी प्रदेश

कोशीका १० जिल्लामा रास्वपाको नयाँ नेतृत्व चयन, को-को बने सभापति ?

प्रदेश अधिवेशन जेठ २८ मा

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, जेठ २६, २०८३  | अपराह्न ३:२१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कोशी प्रदेशका १० जिल्लामा नयाँ जिल्ला नेतृत्व चयन गरेको छ। सांगठनिक विस्तार तथा सुदृढीकरण अभियानअन्तर्गत सम्पन्न जिल्ला अधिवेशनमार्फत नयाँ सभापतिहरू निर्वाचित भएका हुन्।

रास्वपा प्रदेश कार्यालयका अनुसार झापामा ओम भण्डारी, मोरङमा भरत कँडेल, सुनसरीमा सागर दाहाल, ताप्लेजुङमा राजनकुमार गुरुङ, तेह्रथुममा सुमन खत्री, भोजपुरमा ख्यामबहादुर भुजेल, संखुवासभामा भक्तनारायण श्रेष्ठ, ओखलढुंगामा कृष्णबहादुर थापा, खोटाङमा मुकुन्दकृष्ण थापा र सोलुखुम्बुमा नारायणकाजी कार्की जिल्ला सभापतिमा निर्वाचित भएका छन्।

बिज्ञापन

झापा र सुनसरीसहित केही जिल्लामा नेतृत्व चयनका क्रममा विवादसमेत देखिएको थियो। यद्यपि पार्टीले अधिकांश जिल्लामा अधिवेशन प्रक्रिया सम्पन्न गर्दै नयाँ नेतृत्व टुंग्याएको जनाएको छ।

हालसम्म चयन भएका जिल्ला सभापतिहरूमध्ये दलित तथा महिला नेतृत्वको प्रतिनिधित्व हुन नसकेको देखिएको छ। कोशी प्रदेशका १४ जिल्लामध्ये १० जिल्लामा नेतृत्व चयन भइसकेको छ भने बाँकी जिल्लामा प्रक्रिया जारी रहेको पार्टीले जनाएको छ।

नयाँ नेतृत्व चयनसँगै रास्वपाले स्थानीय तहदेखि जिल्ला तहसम्म संगठन विस्तारलाई तीव्रता दिने तयारी गरेको छ। पार्टीका अनुसार अधिवेशनमार्फत नेतृत्व चयन भइरहेकाले प्रदेशभर संगठनात्मक गतिविधि थप सक्रिय बन्दै गएको छ।

रास्वपाको कोशी प्रदेश अधिवेशन आगामी जेठ २८ गते विराटनगरमा आयोजना हुने तय भएको छ। उक्त अधिवेशनले प्रदेश नेतृत्व चयनसँगै आगामी राजनीतिक कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa