Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

भारतको राष्ट्रिय सत्तालाई सोच्न बाध्य बनाउने को हुन् अभिजित दीपके ?

Hamro Biratnagar News Channel Calendar मंगलबार, जेठ २६, २०८३  | बिहान ९:४० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । ‘कक्रोच जनता पार्टी’ (सीजेपी) का संस्थापक अभिजित दीपकेले भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै देशव्यापी आन्दोलनको चेतावनी दिएका छन्। उनले आगामी शनिबारसम्म धर्मेन्द्र प्रधानले पदबाट राजीनामा नदिए देशभरका युवालाई परिचालन गर्दै दिल्लीमा विशाल प्रदर्शन आयोजना गर्ने बताएका छन्।

दीपकेले भिडियो सन्देश जारी गर्दै शिक्षा, बेरोजगारी र प्रश्नपत्र चुहावटजस्ता विषयमा सरकार असफल भएको आरोप लगाए। यसअघि सीजेपीले शनिबार दिल्लीको जन्तरमन्तरमा विरोध प्रदर्शन गरेको थियो, जहाँ अत्यधिक गर्मीका बाबजुद सयौं युवाको सहभागिता रहेको बताइएको छ।

बिज्ञापन

मिडियासँगको कुराकानीमा दीपकेले धर्मेन्द्र प्रधानले स्वेच्छिक रूपमा राजीनामा नदिए प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई पदमुक्त गर्नुपर्ने माग गरे। जन्तरमन्तरमा आयोजित कार्यक्रममा उनले लाखौं विद्यार्थी आन्दोलनमा जोडिन सक्ने दाबी गर्दै सीजेपी कुनै योजनाबद्ध राजनीतिक दल नभई सरकारप्रति आक्रोशित युवाहरूको आवाज भएको बताए।

उनले विगत एक दशकभन्दा बढी समयदेखि धार्मिक ध्रुवीकरणको राजनीतिले युवाका वास्तविक समस्या ओझेलमा परेको टिप्पणी गर्दै रोजगार र शिक्षाका सवालमा केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरे।

को हुन् अभिजित दीपके ?

३० वर्षीय अभिजित दीपके महाराष्ट्रको छत्रपति सम्भाजीनगरका बासिन्दा हुन्। उनी विगत केही वर्षदेखि अमेरिकामा बस्दै आएका छन्। पुणेबाट स्नातक अध्ययन पूरा गरेका उनले अमेरिकाको बोस्टन विश्वविद्यालयबाट पब्लिक रिलेसन्स विषयमा स्नातकोत्तर गरेका छन्।

दीपके यसअघि करिब तीन वर्षसम्म आम आदमी पार्टी (आप) को सञ्चार तथा सामाजिक सञ्जाल टोलीसँग आबद्ध रहेका थिए। विभिन्न भारतीय सञ्चारमाध्यमका अनुसार उनले सन् २०२० देखि २०२३ सम्म पार्टीको सामाजिक सञ्जाल व्यवस्थापनमा काम गरेका थिए।

सामाजिक सञ्जालबाट राजनीतिक चर्चासम्म

सीजेपी गठन हुनुअघि नै दीपके सामाजिक सञ्जालमा सक्रिय थिए। उनले शिक्षा, बेरोजगारी, इन्धन मूल्यवृद्धि, भारत-अमेरिका व्यापार सम्झौता तथा विभिन्न राजनीतिक विषयमा नियमित टिप्पणी गर्दै आएका छन्। पछिल्ला महिनाहरूमा उनले मोदी सरकार र भारतीय जनता पार्टी (भाजपा) को आलोचना गर्ने सामग्रीहरू पनि सार्वजनिक गरेका छन्।

‘कक्रोच जनता पार्टी’ कसरी चर्चामा आयो ?

सीजेपीको सुरुवात सामाजिक सञ्जालमा व्यंग्यात्मक अभियानका रूपमा भएको थियो। भारतका प्रधानन्यायाधीश सूर्यकान्तको एउटा विवादास्पद टिप्पणीपछि बेरोजगार युवालाई ‘ककरोच’ अर्थात् साङ्लोसँग तुलना गरिएको भन्ने बुझाइ सार्वजनिक रूपमा फैलिएको थियो। यद्यपि पछि उनले आफ्नो टिप्पणीको गलत व्याख्या गरिएको स्पष्ट पारेका थिए।

यही विवादपछि सामाजिक सञ्जालमा ‘कक्रोच जनता पार्टी’ नामक अभियानले चर्चा पाउन थाल्यो र अभिजित दीपके त्यसको प्रमुख अनुहार बने। हाल यस नाममा वेबसाइट सञ्चालनमा रहेको तथा सामाजिक सञ्जालमा ठूलो संख्यामा समर्थक जोडिएको दाबी गरिएको छ।

युवामाझ बढ्दो असन्तुष्टि

दीपकेका अनुसार भारतीय युवाहरू रोजगारी, शिक्षा र प्रतिनिधित्वको अभावप्रति असन्तुष्ट छन्। उनले वर्तमान राजनीतिक व्यवस्थाले युवाका मुद्दालाई प्राथमिकता नदिएको आरोप लगाएका छन्।

दक्षिण एसियाका विभिन्न देशमा पछिल्ला वर्षहरूमा युवा नेतृत्वमा भएका आन्दोलनहरूको सन्दर्भ उल्लेख गर्दै उनले भारतमा पनि युवाहरूले परिवर्तनको माग तीव्र बनाउने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार अब युवाहरू धार्मिक तथा पहिचानको राजनीतिभन्दा रोजगारी, प्रविधि र अवसरमा केन्द्रित शासन व्यवस्था चाहन्छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka