Premier Cables
Premier Steel

कोशी प्रदेश

रंगेलीमा रास्वपा सांसद आशा झाको ‘पिर्के सलामी’: जनप्रतिनिधिको व्यवहारमाथि प्रश्न

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, जेठ १८, २०८३  | बिहान ७:१९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशा झाले मोरङको रंगेलीस्थित इलाका प्रहरी कार्यालयमा विशेष शैलीमा सलामी ग्रहण गरेको भिडियो सार्वजनिक भएपछि उनको व्यवहारमाथि प्रश्न उठ्न थालेको छ।

सार्वजनिक भिडियोमा सांसद झा रातो कपडा बिछ्याइएको पिर्कामाथि उभिएर प्रहरीको सलामी लिइरहेको देखिन्छ। सामान्यतया सांसदलाई सलामी दिने प्रचलन भए पनि पिर्का राखेर विशेष व्यवस्था गरिएको दृश्यले सामाजिक सञ्जालमा आलोचना निम्त्याएको छ।

बिज्ञापन

धेरै प्रयोगकर्ताले जनप्रतिनिधिले अनावश्यक सम्मान र विशेष सुविधा प्रदर्शन गरेको भन्दै टिप्पणी गरेका छन्। सार्वजनिक पदमा रहेका व्यक्तिले सादगी र जिम्मेवार व्यवहार देखाउनुपर्ने अपेक्षा रहने बेला यस्तो दृश्यले गलत सन्देश दिएको प्रतिक्रिया पनि आएको छ।

घटनाबारे प्रहरी प्रशासन र सम्बन्धित निकायले अहिलेसम्म कुनै स्पष्ट धारणा सार्वजनिक गरेका छैनन्। तर भिडियो भाइरल भएसँगै कार्यक्रमको उद्देश्य, पिर्का प्रयोग गर्नुको कारण तथा यस्तो व्यवस्था कसको निर्देशनमा गरिएको थियो भन्ने विषयमा प्रश्नहरू उठ्न थालेका छन्।

सामाजिक सञ्जालमा बढ्दो आलोचनासँगै सांसद झाको उक्त गतिविधि अहिले विवादको केन्द्रमा परेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa