Premier Cables
Premier Steel

कोशी प्रदेश

समय नदिई बोल्न खोजेपछि पूर्वमुख्यमन्त्री राईलाई रोष्ट्रमबाट तल झारियो

Hamro Biratnagar News Channel Calendar बुधबार, जेठ १३, २०८३  | अपराह्न २:०९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोसी प्रदेश सभाको बुधबारको बैठक विपक्षी नेपाली कम्युनिष्ट पार्टीसहितका विपक्षी दलले अवरुद्ध गरेका छन् । सरकारको नीति तथा कार्यक्रम संशोधन समय नदिई पारित गराएको भन्दै विपक्षी दलका सदस्यहरुले प्रदेश सभा बैठकमा वेल घराउन गर्दै अवरोध गरेका हुन् ।

नीति तथा कार्यक्रममाथि मंगलबार मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जवाफ दिएपछि पारित गरिएको थियो । तर, विपक्षी दलका प्रदेश सभा सदस्यहरुको संशोधनको समय र त्यसमाथि छलफल नै नभई जर्बजस्ती पारित गराइएको आरोप छ ।

बिज्ञापन

सभामुख अम्बर बहादुर विष्टले नीति तथा कार्यक्रममाथि विपक्षीले संशोधन नै नल्याएको दाबी गरे । त्यसपछि उनले जसपा संसदीय दलका नेतालाई विशेष समय दिएका थिए । लगत्तै पूर्वमुख्यमन्त्री राजेन्द्र राई रोष्ट्रमतर्फ उक्लिए । माइक समाउन खोजे । उनलाई पछ्याउँदै गएका मर्यादापालकले उनलाई समातेर रोष्ट्रमबाट हटाउँदै मुन्तिर झारे ।

त्यसपछि सदन संचालन गर्न नदिने भन्दै विपक्षी सांसदले सभा अवरोध गरिरहेका छन् । संशोधन हाल्ने समयको विषयमा प्रदेश सभा सचिवालयले समेत कुनै जानकारी र सूचना जारी नगरेको भन्दै विपक्षी दलका सदस्यहरुले सभामुखको ध्यानाकर्षण गराएका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka