Premier Cables
Premier Steel

कोशी प्रदेश

मुसलधारे वर्षाले याङवरक तहसनहस, दर्जनौं परिवार विस्थापित

Hamro Biratnagar News Channel Calendar आइतबार, जेठ १०, २०८३  | बिहान ११:३२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

पाँचथर । यङवरक गाउँपालिकामा जेठ ८ गते रातिदेखि परेको अविरल वर्षापछि आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको छ । गाउँपालिकाको वडा नं. १, २ र ३ सबैभन्दा बढी प्रभावित बनेका छन् ।

चाम्लिङडाँडाका भागिमान बेघा, मनुलाल भुजेल र कबिराज भुजेलको घर पहिरोले बगाउँदा उनीहरू उठीबास हुन पुगेका छन् । त्यस्तै, कोप्चेदेखि एकराते, मगरडाँडा हुँदै सिस्नेसम्मका दर्जनौं घर अझै पहिरोको उच्च जोखिममा रहेका छन् । वालानन्द बेघादेखि सुजन मगरसम्मका परिवार त्रासबीच रात बिताउन बाध्य छन् ।

बिज्ञापन

प्राकृतिक विपद्ले स्थानीय पूर्वाधारमा पनि ठूलो क्षति पुर्‍याएको छ । लामिटार–सोलमारी जोड्ने झोलुङ्गे पुल बगाएको छ भने दोभानेस्थित पुल पूर्ण रूपमा ध्वस्त भएको छ । मध्य पहाडी लोकमार्ग अन्तर्गत दारिम्बादेखि चिवाभञ्ज्याङसम्मको सडक खण्ड अवरुद्ध बनेको छ ।

बाढीले हरिह्र्दुलय र सुन्दरपुर लघु जलविद्युत् आयोजना समेत बगाउँदा स्थानीय क्षेत्र अन्धकार बनेको छ । खानेपानी, सिँचाइ कुलो तथा अन्य आधारभूत सेवा पनि प्रभावित भएका छन् । कर्णबहादुर कटुवालको खेतमा पसेको बाढीले वर्षभरिको खेती नष्ट गर्नुका साथै पाँच वटा गाईवस्तु समेत बगाएको स्थानीयले बताएका छन् ।

यस विपद्ले विपद् पूर्वतयारी, जोखिम क्षेत्र पहिचान तथा सूचना प्रणालीको कमजोरी पुनः उजागर गरेको स्थानीयवासीको भनाइ छ । विकास निर्माणका क्रममा प्राकृतिक जोखिमलाई बेवास्ता गर्दा हरेक वर्ष वर्षायाममा यस्ता क्षति दोहोरिने गरेको उनीहरूको गुनासो छ ।

स्थानीयवासीले पीडित परिवारको तत्काल उद्धार, राहत तथा सुरक्षित आवास व्यवस्थापनमा स्थानीय, प्रदेश र संघीय सरकारसँगै दातृ निकाय तथा सामाजिक संघसंस्थाले सक्रिय भूमिका खेल्नुपर्ने माग गरेका छन् । राहत वितरणलाई पारदर्शी बनाउँदै पुनर्निर्माण कार्य ‘बिल्ड ब्याक बेटर’ अवधारणाअनुसार अघि बढाउनुपर्नेमा समेत जोड दिइएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka