Premier Cables
Premier Steel

राजनीति

रास्वपा सांसद गणेश पराजुलीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो

Hamro Biratnagar News Channel Calendar बिहिबार, बैशाख ३१, २०८३  | अपराह्न १२:३२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले प्रतिनिधिसभा बैठकमा दिएको केही अभिव्यक्ति संसदीय अभिलेखबाट हटाइएको छ ।

सभामुख डोलप्रसाद अर्यालले बुधबार संसद् बैठकमा जानकारी दिँदै गत वैशाख २९ गतेको बैठकमा पराजुलीले प्रयोग गरेका दुई वटा शब्द अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिइएको बताए ।

बिज्ञापन

सभामुखका अनुसार ‘भरौटेहरू’ तथा ‘यहाँ लुगा लगाएर पनि नांगै हिंडेजस्तो’ भन्ने अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइएको हो ।

“वैशाख २९ गतेको बैठकमा माननीय सदस्य गणेश पराजुलीले बोल्ने क्रममा प्रयोग गर्नुभएको ‘भरौटेहरू’ र ‘यहाँ लुगा लगाएर पनि नांगै हिंडेजस्तो गरी’ भन्ने शब्दहरू सभाको अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिएको छु,” सभामुख अर्यालले भने ।

यसअघि मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले सांसद ऐन महरले उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका थिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka