Premier Cables
Premier Steel

समाचार

विराटनगर महानगरले कति निर्धारण गर्‍यो निजी विद्यालयको शुल्क ? हेरौं विवरण

Hamro Biratnagar News Channel Calendar आइतबार, बैशाख २७, २०८३  | साँझ ४:४६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर महानगरपालिकाले निजी लगानीमा सञ्चालित विद्यालयहरूले शैक्षिक सत्र २०८३ का लागि अभिभावकसँग लिन पाउने शुल्क निर्धारण गरेको छ । महानगरले तोकिएको शुल्कभन्दा बढी नलिन सबै विद्यालयलाई निर्देशन दिएको छ ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रप्रसाद दुलालका अनुसार कक्षा ५ सम्म मासिक शुल्क दुई हजार ५०० देखि तीन हजार १०० रुपैयाँसम्म निर्धारण गरिएको छ ।

बिज्ञापन

यस तहका लागि खेलकुद तथा प्रयोगशाला शुल्क वार्षिक पाँच हजारदेखि ६ हजार २००, भर्ना शुल्क दुई हजार ५०० देखि तीन हजार १००, परीक्षा शुल्क एक हजार २५० देखि एक हजार ५५० तथा शैक्षिक सामग्री शुल्क २५० देखि ३१० रुपैयाँसम्म तोकिएको छ ।

कक्षा ६ देखि आठसम्म मासिक शुल्क तीन हजार १०० देखि तीन हजार ८०० रुपैयाँ, खेलकुद तथा प्रयोगशाला शुल्क ६ हजार २०० देखि सात हजार ६००, भर्ना शुल्क तीन हजार १०० देखि तीन हजार ८००, परीक्षा शुल्क एक हजार ५५० देखि एक हजार ९०० तथा शैक्षिक सामग्री शुल्क ३१० देखि ३८० रुपैयाँ तोकिएको छ ।

कक्षा ९ देखि १२ सम्म मासिक शुल्क तीन हजार ८०० देखि ५ हजार ९०० रुपैयाँ, खेलकुद तथा प्रयोगशाला शुल्क सात हजार ६०० देखि ११ हजार ८००, भर्ना शुल्क तीन हजार ८०० देखि पाँच हजार ९००, परीक्षा शुल्क एक हजार ९०० देखि दुई हजार ९५० तथा शैक्षिक सामग्री शुल्क ३८० देखि ५१० रुपैयाँसम्म निर्धारण गरिएको छ ।

महानगरले शुल्क निर्धारण गरे पनि अनुगमन प्रभावकारी नहुँदा धेरै विद्यालयले तोकिएकोभन्दा बढी शुल्क असुल्ने गरेको अभिभावकहरूको गुनासो छ । बढी शुल्क लिने विद्यालयमाथि कारबाही गर्न माग उठे पनि कार्यान्वयन भने कमजोर देखिएको छ ।

निजी विद्यालयहरूले निश्चित कोटामा छात्रवृत्ति उपलब्ध गराउनुपर्ने व्यवस्था भए पनि त्यसको प्रभावकारी कार्यान्वयन नभएको भन्दै महानगरले नियमन कडा पार्नुपर्ने माग समेत बढ्दै गएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka