Premier Cables
Premier Steel

विराटनगर शिक्षा

प्याब्सनको निर्णयः विराटनगरका निजी विद्यालय सातामा दुई दिन नै बन्द

Hamro Biratnagar News Channel Calendar शुक्रबार, बैशाख २५, २०८३  | बिहान ११:४१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरका निजी विद्यालयहरू अब सातामा दुई दिन बन्द हुने भएका छन्। निजी विद्यालयहरूको छाता संगठन प्याब्सन विराटनगरको बैठकले नेपाल सरकारको निर्णयअनुसार अर्को सूचना जारी नभएसम्म शनिबार र आइतबार विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

यसअघि केही विद्यालयहरूले शुक्रबार आधा दिन मात्रै कक्षा सञ्चालन गरेर शनिबार मात्र बिदा दिने तयारी गरेका थिए। तर, प्याब्सनको निर्णयपछि शुक्रबार विद्यालय पूर्ण रुपमा खुला रहने र अन्य दिन नियमित रूपमा पठनपाठन सञ्चालन गरिनेछ। शनिबार र आइतबार विद्यालय बिदा हुनेछन् ।

बिज्ञापन

निर्णयसँगै विराटनगरका अधिकांश बोर्डिङ स्कुलहरूले नयाँ समय तालिका अनुसार तयारी थालेका छन्। कतिपय विद्यालयहरूले बिहान साढे ९ बजेसम्म एसेम्बली सकेर कक्षा सञ्चालन गर्न सुरु गरेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka