Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

अमेरिकी रात्रिभोज कार्यक्रममा गोलीकाण्ड, इरान युद्धसँग सम्बन्ध रहेको आशंका

Hamro Biratnagar News Channel Calendar बिहिबार, बैशाख २४, २०८३  | बिहान ९:५८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । अमेरिकी राष्ट्रपति सहभागी रात्रिभोज कार्यक्रममा भएको गोलीकाण्डको सम्बन्ध इरान–अमेरिका युद्धसँग जोडिएको हुन सक्ने अमेरिकी गृह सुरक्षा विभागले जनाएको छ ।

विभागको प्रारम्भिक मूल्यांकनअनुसार आक्रमणकारीले इरानसँगको अमेरिका–इजरायल तनावबाट प्रभावित भएर राष्ट्रपति तथा उनका प्रशासनका वरिष्ठ अधिकारीहरूलाई निशाना बनाउने प्रयास गरेका थिए ।

बिज्ञापन

देशभरका कानुन कार्यान्वयन निकाय र संघीय एजेन्सीहरूलाई पठाइएको गुप्तचर प्रतिवेदनमा ३१ वर्षीय आक्रमणकारी सामाजिक तथा राजनीतिक असन्तुष्टिबाट प्रभावित रहेको उल्लेख गरिएको छ । गृह सुरक्षा विभागको खुफिया तथा विश्लेषण कार्यालयले अप्रिल २७ मा तयार पारेको प्रतिवेदनमा उनका सामाजिक सञ्जाल सामग्रीमा अमेरिकी सैन्य कारबाहीप्रति कडा आलोचना गरिएको पाइएको जनाइएको छ ।

प्रतिवेदनअनुसार इरान–अमेरिका युद्धप्रति आक्रोशका कारण उनले उक्त हमला गरेको निष्कर्ष निकालिएको छ । यद्यपि अमेरिकी गृह सुरक्षा विभाग, न्याय विभाग तथा सङ्घीय अनुसन्धान निकायले यसबारे औपचारिक प्रतिक्रिया दिन अस्वीकार गरेका छन् ।

गत अप्रिल २५ मा आयोजित वार्षिक ह्वाइट हाउस संवाददाता रात्रिभोज कार्यक्रममा आक्रमणकारीले गोली चलाएका थिए । सुरक्षाकर्मीहरूले राष्ट्रपतिसम्म पुग्नुअघि नै उनलाई नियन्त्रणमा लिएका थिए । घटनामा एक जना गोप्य सुरक्षा निकायका सुरक्षाकर्मी घाइते भएका थिए ।

उक्त कार्यक्रममा करिब दुई हजार ५०० पाहुना सहभागी रहेका थिए । गोली चलेपछि कार्यक्रममा भागदौड र त्रासको अवस्था सिर्जना भएको थियो । धेरै पाहुनाहरू टेबुलमुनि लुकेर ज्यान जोगाउन सफल भएका थिए ।

घटनापछि सुरक्षाकर्मीहरूले राष्ट्रपति, प्रथम महिला, उपराष्ट्रपति लगायत उच्च अधिकारीहरूलाई सुरक्षित स्थानमा पुर्‍याएका थिए ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka