Premier Cables
Premier Steel

विराटनगर शिक्षा

महानगरले गर्यो विराटनगरका बोर्डिङको श्रेणी विभाजन, कति परे ‘क’ वर्गमा ? हेरौं विवरण

Hamro Biratnagar News Channel Calendar बुधबार, बैशाख २३, २०८३  | अपराह्न ३:०० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर महानगरपालिकाले उपलब्ध भौतिक पूर्वाधार तथा अन्य इन्डीकेटरका आधारमा निजी विद्यालयको वर्गीकरण गरेको छ ।

बिज्ञापन

विभिन्न निजि लगानीमा सञ्चालित (बोर्डिङ स्कुल) विद्यालयको वर्गीकरण गरेको छ । यस सम्बन्धमा महानगरले हालै सूचना प्रकासन गरेको थियो । जसअनुसार विराटनगरमा ‘क’ वर्गमा ६ वटा विद्यालय रहेका छन् । कूल ५३ वटा विद्यालयको विवरण सार्वजनिक गरिएको हो ।

महानगरपालिकामा वर्गीकरणका लागि निवेदन पेश गरी मिति २०८१।०३।२१ गतेको नगर शिक्षा समितिको निर्णयबमोजिम वर्गीकरण भएका विद्यालयहरूको नामवली जानकारीका लागि प्रकाशित गरिएको जनाएको छ ।

साथै यसबाहेक साविकको जिल्ला शिक्षा कार्यालयबाट वर्गीकरणको पत्र प्राप्त गरेका विद्यालयहरूको वर्ग सो बमोजिम नै रहने तथा वर्गीकरण हुन निवेदन पेश नगरेका विद्यालयहरू स्वतः ‘ग’ श्रेणी कायम हुने र विद्यालयबाट वर्ग थपघट गर्न चाहेमा नियमानुसार निवेदन पेश गर्न सकिने महागनरपालिकाको शिक्षा महाशाखाले जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka