२०८२ बैशाख २१, आइतबार
Premier Cables
Hamro Biratnagar Calendar आइतबार, बैशाख १४, २०८२

आज दिउँसोपछि प्रि–मनसुनी प्रणाली फेरि सक्रिय हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।बङ्गालको खाडीबाट जलवास्पयुक्त हावा नेपाल प्रवेश गरेकाले मौसममा बदली भएको मौसमविद्ले बताएका छन् । यसको प्रभावले आज र भोलि देशका केही ठाउँमा पानी पर्ने सम्भावना छ

बिज्ञापन

आज दिउँसोपछि मधेश र बागमती प्रदेशसहित देशका पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्न सक्ने मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो । कोशी र गण्डकीका केही ठाउँमा पनि हल्का पानी पर्ने सम्भावना छ । काठमाण्डौ उपत्यकामा पनि छिटपुट वर्षा हुन सक्ने अनुमान छ । पानी पर्‍यो भने बढ्दो तापक्रमबाट केही राहत पुग्नेछ ।

बिज्ञापन

मधेश, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा उच्च गर्मीले जनजीवन प्रभावित हुँदै आएको छ । केही दिनदेखि तराईका भेगमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्योभन्दा बढी मापन भएको छ । घरबाट निस्कँदा छाता या ओत बोक्न, चर्को घाम लागेका बेला घरबाहिर ननिस्किन, नियमित पानी तथा जुस, सर्वत प्रशस्त मात्रामा पिउन विज्ञको सल्लाह रहेको छ ।

DPS
Vianet
Web Surfer
Aarya Hospital
स्टोरिजमा समाचार
Pigeon Advertising

विराटनगर