काठमाडौं । अमेरिका र इजरायलले इरानमा फेब्रुअरीमा गरेको आक्रमणपछि सुरु भएको द्वन्द्वका कारण अमेरिकामा पेट्रोलको मूल्य उल्लेख्य रूपमा बढेको छ। अमेरिकी अटोमोबाइल एसोसिएसन का अनुसार पेट्रोलको मूल्य करिब ५० प्रतिशतले वृद्धि भएको हो।
मंगलबारसम्म नियमित पेट्रोलको औसत मूल्य प्रतिग्यालिन ४४.४८ डलर पुगेको जनाएको छ।
विश्वको करिब पाँचौँ हिस्सा कच्चा तेल ओसार्ने होर्मुज जलमार्ग अवरुद्ध भएपछि तेल आपूर्तिमा समस्या देखिएको छ। जलमार्ग बन्द हुँदा कच्चा तेलको मूल्य बढिरहेको छ भने धेरै तेल ट्यांकरहरू बीचमै रोकिएका छन्।
एस एन्ड पी ग्लोबल अन्तर्गत इनर्जी विभागका ग्लोबल फ्युल रिटेल निर्देशक रोब स्मिथ का अनुसार प्रारम्भिक युद्धविराम घोषणापछि द्वन्द्व अन्त्य हुने अपेक्षा गरिएको थियो। तर उनले जलमार्ग पूर्ण रूपमा सञ्चालनमा नआएसम्म बजारमा मूल्य घट्ने सम्भावना न्यून रहेको बताएका छन्।
हाल होर्मुज जलमार्गमा अवरोध कायम रहेकाले इन्धनको मूल्य निरन्तर उकालो लागिरहेको छ।
