Premier Cables
Premier Steel

राजनीति

स्थानीय तहमा रास्वपाबाट उमेदवार बन्न के-के मापदण्ड तोकियो ?

Hamro Biratnagar News Channel Calendar सोमबार, बैशाख २१, २०८३  | बिहान १०:०६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनमा निष्ठा, नैतिकता र सार्वजनिक आचरणलाई उम्मेदवार छनोटको प्रमुख आधार बनाउने घोषणा गरेको छ ।

पार्टीले उम्मेदवार चयन गर्दा केवल लोकप्रियता वा चुनावी सम्भावनालाई मात्र नभई सार्वजनिक आचरण, इमान्दारी, वित्तीय पारदर्शिता, स्वार्थको द्वन्द्वबाट मुक्त अवस्था तथा कानुनी र सामाजिक विश्वसनीयतालाई समेत मूल्यांकन गर्ने जनाएको छ । साथै लोकतान्त्रिक संस्कारप्रति प्रतिबद्धता पनि महत्वपूर्ण आधार हुने बताइएको छ ।

बिज्ञापन

रास्वपाका अनुसार स्थानीय तहको भौगोलिक, सामाजिक, आर्थिक, सांस्कृतिक तथा पूर्वाधार आवश्यकताबारे स्पष्ट बुझाइ भएका र जनस्तरमा स्थापित व्यक्तिहरूलाई प्राथमिकता दिइनेछ । पार्टीले विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका निष्ठावान सदस्य, विज्ञ, अनुभवी, ऊर्जावान र जनविश्वास प्राप्त व्यक्तिबीच सन्तुलित मूल्यांकन गरी “सही तरिकाले, सही ठाउँमा, सही व्यक्तित्व” चयन गर्ने नीति लिएको छ ।

उम्मेदवार छनोट प्रक्रियामा समावेशितालाई विशेष जोड दिइनेछ । महिला, दलित, जनजाति, मधेशी, थारु, मुस्लिम, अल्पसंख्यक, अपांगता भएका व्यक्ति, युवा, किसान, श्रमिक, उद्यमी तथा विभिन्न पेशागत समूहलाई समान अवसर दिइने पार्टीले जनाएको छ ।

त्यस्तै, उम्मेदवारको जनसम्पर्क, स्वीकार्यता, संगठनात्मक क्षमता र निर्वाचन जित्ने वास्तविक सम्भावनाको पनि परीक्षण गरिनेछ । रास्वपाले नेतामुखी नभई विधिमुखी निर्णय संस्कृति विकास गर्ने तथा स्थानीय सरकारलाई परिणाममुखी बनाउने लक्ष्य राखेको छ ।

क्यान्डिडेट क्लबमार्फत आवेदन प्रक्रिया

रास्वपाले उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूलाई पार्टीको “क्यान्डिडेट क्लब” मा आवेदन दिनुपर्ने व्यवस्था गरेको छ । प्रारम्भिक चरणमा व्यक्तिगत पृष्ठभूमि, दक्षता र योग्यताको विवरण संकलन गरिनेछ ।

स्थानीय तहका लागि “पालिका क्यान्डिडेट क्लब” र “वडा क्यान्डिडेट क्लब” गरी दुई संरचना रहनेछन् । पालिका तहमा मेयर/अध्यक्ष तथा उपमेयर/उपाध्यक्षका आकांक्षी र वडा तहमा अध्यक्ष तथा सदस्यका आकांक्षीहरूले आवेदन दिन सक्नेछन् ।

आवेदन दिनका लागि संविधान, स्थानीय तह निर्वाचन ऐन र पार्टीको विधानबारे ज्ञान हुनु आवश्यक हुनेछ । साथै आकांक्षीहरूले शैक्षिक योग्यतादेखि लिएर आपराधिक गतिविधि, वित्तीय अनियमितता वा सामाजिक विवादमा संलग्न नभएको स्वघोषणा गर्नुपर्नेछ ।

त्यसैगरी, पार्टी सदस्यता लिएको कम्तीमा ४५ दिन पूरा भएको हुनुपर्ने कुलिङ अवधि राखिएको छ भने अन्य दलबाट प्रवेश गरेका सदस्यका लागि कम्तीमा ९० दिनको सदस्यता अवधि अनिवार्य गरिएको रास्वपाले जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka